Headline

ग्याबोनको ‘निम्न स्तर’ को कामले घाना असन्तुष्ट

Published

on

अन्तिम समयमा भएको बिवादास्पद गोलले आफ्नो टोली अफ्रिका कप अफ नेसन्समा बराबरीमा रोक्किएपछि घाना कप्तान आन्द्रे आयुले ग्याबोनलाई निम्न टोली को संज्ञा दिएका छन् ।

याउन्डेमा भएको समुह सी अन्तर्गतको खेलमा घाना र ग्याबोनले १–१ गोलको बराबरी खेलेका थिए । आयुले गोल गरेपछि खेलकाो १८ औं मिनेटमा नै चार पटकको च्याम्पियन घानाले अग्रता लिएको थियो । आयु अफ्रिका कप अफ नेसन्समा घानाको सर्वाधिक गोलकर्ता हुन् । उनको कुल गोल संख्या १० पुगेको छ भने आसामोवाह् जियानको ८ गोल रहेको छ ।

आफ्नो समुहमा पहिलो जित तर्फ अग्रसर रहेको घाना ८८ औं मिनेटमा स्तब्ध बन्यो ।

जिम एल्भिनाह्लले गोल गरेपछि घानाको नकआउट चरणमा पुग्ने आशामा नराम्रो धक्का लाग्न पुग्यो । लगातार दुई जित हात पार्दै मोरक्को नकआउट चरणमा पुगिसकेको छ भने ग्याबोनको चार अंक रहेको छ । पहिलो खेल हारेको घानाको भने एक अंक मात्रै रहेको छ ।

ग्याबोनको गोलले घाना भने पूर्ण रुपमा असन्तुष्ट रह्यो । आफ्ना मिडफिल्डर ड्यनिएल कोफी केरेह् घाइते भएर लडिरहेको अवस्थामा घानाले बल बाहिर आउट अफ प्ले राखेको थियो । तर ग्याबोनले खेल पुन सञ्चालनमा घानालाई बल नदिएरै बल अगाडी बढाएर गोल गरेको थियो ।

“उनीहरुले एकदम निम्न स्तरको काम गरे । तर सानो टिमहरुले गर्ने काम नै यस्तो हो । हामीले बल आउट अफ प्ले राख्यौं तर फुटबलमा बल फिर्ता दिदै फेयर प्लेको नमुना देखाउने काम गरिन्छ । उनीहरुले त्यो गरेको भए गोल गर्न सक्दैनथे । ग्याबोनलाई खेलमा कुनै मौका नै थिएन,” आयुले भने ।

मोरक्कोले यसअघिको खेलमा कोमोरोसलाई २–० ले पराजित गर्यो । पहिलो खेलमा ग्याबोनसँग पराजित कोमोरोस भने प्रतियोगिताबाट लगभग बाहिरिसकेको छ ।

अन्य खेलमा सेनेगल पनि गिनीसँग बराबरीमा रोक्कियो भने जिम्बाब्वेलाई मलावीले २–१ ले हरायो ।

Click to comment

Trending