Headline

हालान्डको दुई गोलपछि डर्टमण्डले बायर्नसँगको दुरी छोट्यायो

Published

on

एर्लिङ्ग हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमण्ड फ्राइबर्गलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखसँगको दुरी तीन अंकमा छोट्याउन सफल भएको छ ।

लगातार १० औं उपाधि जित्ने अभियानमा रहेको जर्मन महारथी बायर्नको १८ खेलबाट ४३ अंक छ भने एक खेल बढी खेलेको डर्टमण्डको ४० अंक छ । बायर्न आफ्नो १९ औं खेलमा शनिबार कोलोनबिरुद्ध खेल्दैछ ।

गत सिजन बुन्डेललिगा पट्यार लाग्दो हुँदै गइरहेको चर्चा चलिरहेको थियो । त्यो ठिक पनि थियो किनभने हामी बायर्नको स्तर नजिक थिएनौं । यसपटक उनीहरुसँग तीन अंकको दुरीमा छौं । बायर्न यो सिजन पनि उत्कृष्ट खेल्दै गल्तिको मौका नै दिइरहेको छैन । अब हामीले आफ्नो तर्फबाट उत्कृष्ट दिन आवश्यक छ, डर्टमण्डका प्रशिक्षक मार्को रोजले भने ।

म्यानचेस्टर सिटी र रियल म्याड्रिडले इच्छा देखाइरहेको रिपोर्ट बाहिर आउदा आफ्नो कन्ट्रयाक्टमा रिलिज क्लज अब सकृय हुन गइरहँदा हालान्डले डर्टमण्ड छोड्ने चर्चा चल्न भने शुरु भइसकेको छ ।

२१ बर्षिय हालान्डले आफूलाई किन बिश्वको उत्कृष्ट युवा स्ट्राइकर रहेको साबित गर्दै दुवै हाफमा राम्रो फिनिसिँग गर्दै गोल गरेका थिए ।

थोमस मुनिएरले हेडरमार्फत दुई गोल गरेपछि हालन्डको गोलसँगै डर्टमण्डले सिग्नल इडुना पार्कमा पहिलो हाफमा ३–० को फराकिलो अग्रता बनाउन सफल भइसकेको थियो । एर्मेरोडिन डेमिरोभिचले दोश्रो हाफमा एक गोल फर्काए पनि १६ मिनेट बाँकी भएको स्थितिमा हालान्डले आफ्नो दोश्रो गोल गर्दै फ्राइबर्गको लागि पुनरागमनको ढोका बन्द गरिदिएका थिए ।

हालान्डको दुवै गोलमा संलग्नता रहेका महमुद दाहुदले अन्तिम समयमा आफ्नो मिहिनेतको प्रतिफल पाउदै गोल गरेका थिए ।

Click to comment

Trending