Headline

कोरोनाको आशंकामा प्रधानमन्त्री कप अन्तर्गत पुलिस र प्रदेश १ बीचको खेल स्थगित

Published

on

प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार बिहान ९ बजेका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल कोरोनाको आशंकामा स्थगित गरिएको छ ।

त्रिवि मैदानमा दिनको पहिलो खेलमा यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको पुलिस र प्रदेश १ खेल्न गइरहेका छन् । प्रदेश १ का टिम ब्यवस्थापकले आफ्ना केही खेलाडीहरुलाई कोरोना भएको आशंका गरेपछि खेल स्थगित हुने लगभग तय भएको हो ।

खेलाडीहरुको कोरोना परिक्षण गरेपछि नै क्यानले उक्त खेलबारे निर्णय लिने भएको छ । प्रदेश १ को टोलीमा ११ जना पुग्ने हो भने सोमबार रिजर्भ डे का दिन खेल्न सक्ने सम्भावना रहेको छ ।

क्यान यसै बिषयलाई लिएर शनिबार १० बजे टिमसँग मिटिँग गर्ने भएको छ । पुलिस प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेको छ भने प्रदेश १ को झिनो आशा कायमै रहेको छ ।

Click to comment

Trending