Headline

दक्षिण अफ्रिकामा भारत अझै पनि टेस्ट श्रृंखलामा जित बिहिन

Published

on

तेश्रो टेस्टमा ७ विकेटले पराजित भएपछि भारतको दक्षिण अफ्रिकामा पहिलो पटक टेस्ट श्रृंखला जित्ने सपना एक पटक फेरि अधुरै रहेको छ ।

न्युल्याण्ड्सको कठिन पिचमा पाएको २ सय १२ रनको लक्ष्य घरेलु टोलीले मात्र तीन विकेटको क्षतिमा प्राप्त गर्यो । तेश्रो दिन बनाएको १ सय १ रनमा दुई विकेटको स्थितिबाट अघि खेलेको दक्षिण अफ्रिकालाई जित दिलाउने क्रममा किगन पिटर्सनले ८२ रनको ठोस पारी खेले ।

१ सय १३ बलको सामना गरेका उनले १० चौका प्रहार गरेपछि शार्दुल ठाकुरको बलमा आउट भए । उनको विकेट पतन पछि रासी भान डर डुसेन र टेम्बा बभुमाले नटआउट ५७ रनको साझेदारी गरेका थिए ।

भान डर डुसेनले ४१ र बभुमाले ३२ रनको योगदान दिए । १ सय ३३ बर्षको इतिहासमा मात्र चौथो पटक कुनै पनि टिमले केपटाउनमा २ सय रन भन्दा बढी बनाउदै जित हात पारेको हो ।

पहिलो टेस्टमा जित हात पारेपनि भारतलाई इतिहासमा पहिलो पटक दक्षिण अफ्रिकामा टेस्ट श्रृंखला जित्ने अवसर रहेको थियो । यस क्रममा भारतले सेन्चुरियनमा इतिहासमै पहिलो पटक दक्षिण अफ्रिकालाई हराएको थियो ।

तर जोहानेसबर्गमा भएको दोश्रो टेस्टमा २ सय ४० रन पछ्याउने क्रममा ७ विकेटको जित हात पार्दै घरेलु टोलीले उत्कृष्ट पुनरागमन गरेको थियो ।

तेश्रो तथा अन्तिम टेस्टको पहिलो इनिङ्गसमा भारतले कप्तान बिराट कोहलीको ७९ रनको मद्दतमा २ सय २३ रन बनाएको थियो । दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्गसमा २ सय १० रन बनाउदा भारतले १३ रनको झिनो अग्रता पाएको थियो ।

रिसभ पन्तले नटआउट शतक प्रहार गरेपनि भारत १ स ९८ रनमै अलआउट भएपछि दक्षिण अफ्रिकाले सामान्य लक्ष्य पाएको थियो ।

दुई टोली अब तीन म्याचको एकदिवसीय श्रृंखला खेल्नेछन् । पहिलो एकदिवसीय पार्लमा बुधबार हुनेछ ।

Click to comment

Trending