Headline

अलराउण्ड प्रदर्शनका साथ एपिएफ समुह बिजेता बन्दै सेमिफाइनलमा

Published

on

आसिफ शेख र प्रदिप ऐरिले एक पटक फेरि राम्रो शुरुवात दिएपछि नेपाल एपिएफ क्लबलाई लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा समुह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा बलरहरुको संयुक्त प्रदर्शनमा एपिएफले लुम्बिनीलाई २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४ रनमै रोक्यो । जवाफमा आसिफ र प्रदिपले अद्र्धशतकीय साझेदारी गरेपछि एपिएफले ११ ओभरमै तीन विकेटको क्षतिमा १ सय ४ रन बनायो ।

लगातार चार खेल जितेको एपिएफले ८ अंक सहित समुह चरण शिर्ष स्थानमा टुँग्याएको छ । लुम्बिनीलाई भने समुह चरणबाटै बाहिरिने खतरा बढेको छ । एक खेलमात्र जितेको लुम्बिनीको मात्र २ अंक रहेको छ ।

छरितो शुरुवात गरेका प्रदिप र आसिफले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए । प्रदिपले २० बलमा चार छक्का र दुई चौकाको मद्दतमा ३६ रन बनाए । अर्को तर्फ पनि आक्रमक ब्याटिँग गरेका आसिफले २६ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४३ रन जोडे ।

लुम्बिनीले शुरुवाती साझेदारीपछि १३ रनको अन्तरमा तीन विकेट लिएपनि एपिएफ जित नजिक पुगिसकेको थियो ।

यसअघि पहिलो ब्याटिँग गरेको लुम्बिनीको इनिङ्गसलाई एक पटक फेरि ओपनर देव खनालले नै धानेका थिए । उनको विकेट पतनसँगै लुम्बिनीको इनिङ्गस धर्मराएको थियो ।

४२ बलको सामना गरेका देवले पाँच चौका र एक छक्काको मद्दतमा ४३ रन बनाए । सुशान्त थापाले १८ रन बनाए भने कृष्ण कार्कीले १३ रन जोडेपनि अन्य कुनै ब्याट्स्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपिएफका लागि कमल सिँह ऐरि, किशोर महतो, अविनाश बोहोरा र दिपक बोहोराले २–२ विकेट लिएका थिए ।

Click to comment

Trending