Headline

कोरोनापछि मैदान फर्कन सोचेभन्दा बढी समय लिदै मेस्सी

Published

on

अघिल्लो महिना कोरोना संक्रमण भएका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले आफू ठिक भइसकेपछि मैदान फर्कनका लागि अझै केही समय चाहिएको बताएका छन् ।

बिदा मनाउनका लागि अर्जेन्टिनामा आफ्नो घर रोजारियो गएका मेस्सीलाई त्यही कोरोना देखिएको थियो भने उनी जनवरी ५ मा पेरिस फर्किएका थिए । सात पटकका किर्तिमानी बालोन डि ओर बिजेताले त्यसपछि सेल्फ आइसोलेसनमा बस्दा पिएसजीका लागि दुई खेल गुमाएका थिए ।

“मलाई ठिक हुनका लागि सोचे भन्दा बढी समय लाग्यो तर अहिले म लगभग ठिक भइसकेको छु र मैदानमा फर्कन पनि चाहन्छु । म शत प्रतिशत हुनका लागि प्रशिक्षण गर्दै आइरहेको छु । यो बर्ष धेरै चुनौतिहरु छन् र आशा गर्छु हामी एक अर्कालाई चाडै देख्नेछौं,” मेस्सीले इन्स्टाग्राममा एक पोस्ट गर्दै भनेका छन् ।

गत साता कोरोना मुक्त भएपछि मेस्सी पिएसजी मुख्यालयमा एक्लदै प्रतिक्षण गर्दै आइरहेका छन् । इएसपिएन अर्जेन्टिनाका अनुसार पुर्व बार्सिलोना फर्वार्ड मेस्सीले यो सप्ताहन्त हुन गइरहेको फ्रेन्च लिग वान अन्तर्गत ब्रेस्ट बिरुद्धको खेल गुमाउने छन् ।

मेस्सीसँगै क्लबका अन्य खेलाडीहरु एन्जेल डि मारिया, जियनलुईजी डोनारुमा र युलियन ड्राक्सलर पनि क्रिष्मस ब्रेकका दौरान कोरोना संक्रमित भएका थिए ।

फेब्रुवरी १५ मा च्याम्पियन्स लिग प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा पिएसजीले घरेलु मैदानमा रियल म्याड्रिडको सामना गर्नेछ ।

Click to comment

Trending