Headline

ला लिगा च्याम्पियन एट्लेटिकोलाई हराउदै बिल्बाओ सुपर कपको फाइनलमा

Published

on

स्पेनिस ला लिगाको डिफेन्डिङ्ग च्याम्पियन एट्लेटिको म्याड्रिडमाथि पुनरागमन जित हात पार्दै एथ्लेटिक बिल्बाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

रियादमा बिहिबार भएको दोश्रो सेमिफाइनलमा बिल्बाओले एट्लेटिकोलाई २–१ ले पराजित गर्यो । उपाधिका लागि अब बिल्बाओले ९ पटकको बिजेता रियल म्याड्रिडको सामना गर्नेछ ।

रियलले बुधबार बार्सिलोनालाई ३–२ ले पराजित गरेपछि फाइनलमा स्थान पक्का गरेको थियो ।

२०२१ मा सुपरकप जितेको बिल्बाओ जाओ फेलिक्सको हेडर पोस्टमा ठोक्किदै गोलकिपर उनाई सिमोनलाई लागेर गोल भएपछि खेलमा पछि परेको थियो । पहिलो हाफ बराबर भएपछि एट्लेटिकोले दोश्रो हाफको १५ मिनेटमा अग्रता लिएको हो ।

तर चार मिनेटको अन्तरालमा दुई गोल गर्दै बिल्बाओले खेल पुर्ण रुपमा आफ्नो पकडमा राख्यो । दुवै खेल सेट पिसमा सम्भव भएको थियो ।

येरे अल्भारेजले ७७ औं मिनेटमा गोल गर्दा खेल बराबर भएको थियो भने कप्तान इकर मुनियनको कर्नरमा निको विलियम्सले बिजयी गोल गरेका थिए ।

“म अहिले निकै भावुक भएको छु,” आफ्नो ठूला दाई इनाकीसँगै मैदान उत्रिएका १९ बर्षिय निकोले भने । “आशा गरौं हामी यस्तो पल धेरै जिउन सकौं । मलाई अंकमाल गर्न आएकी मेरी आमा र दाईसँग यो क्षणको अनुभव लिँदा म धेरै खुशी छु । मेरो गोलमा म मैले दाईसँग गरेको अंकमाल जिन्दगीमा कहिल्यै पनि भुल्नेछैन ।”

Click to comment

Trending