Headline

अफ्रिका कप अफ नेसन्सः क्यामरुन नकआउट पुग्ने पहिलो टोली

Published

on

कप्तान भिन्सेन्ट अबुबाकर र कार्ल टोको–इकाम्बीले २–२ गोल गरेपछि क्यामरुन अफ्रिका कप अफ नेसन्सको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो ।

आयोजक क्यामरुनले बिहिबार याउन्डेमा भएको खेलमा इथियोपियालाई ४–१ ले पराजित गर्यो । पहिलो चरणका १२ खेलहरुमा मात्र १२ गोल हँुदा क्यामरुनले यस्तो खेल खेल्यो जसले प्रतियोगितामा नयाँ उर्जा थपिदियो । शुरुवाती १२ गोलमा चार पेनाल्टीबाट सम्भव भएका थिए ।

२४ टोली सहभागी रहेको अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगितामा क्यामरुन मात्र यस्तो टोली हो जसले पहिलो चरणमा एक भन्दा बढी गोल गरेको थियो । अबुबाकरले नै पेनाल्टीमा दुई गोल गर्दा क्यामरुनले पहिलो चरणमा बुर्किना फासोलाई २–१ ले हराएको थियो ।

राजधानी याउन्डेको ओलेम्बे स्टेडियममा क्यामरुन ३३ बर्षदेखि अपराजित रहँदै आएको छ । त्यही ओलेम्बे स्टेडियममा इथियोपियाले इथियोपियाले शुरुवाती अग्रता लिदै घरेलु दर्शकलाई स्तब्ध बनाएपनि क्यामरुनले बिपक्षी टोलीलाई नराम्ररी पराजित गर्न सफल भयो ।

लियोनका फर्वार्ड टोको–इकाम्बीले हेडरमार्फत बराबरी गोल गरे भने दोश्रो हाफको शुरुवातमै अबुबाकरले दुई गोल गर्दै क्यामरुनको जितको आधार खडा गरेका थिए । टोको–इकाम्बीले आफ्नो दोश्रो गोल गर्दै टोलीको फराकिलो जित सुनिश्चित गरेका थिए ।

पाँच पटकको उपाधि बिजेताका लागि टोको–इकाम्बी, आन्द्रे–फ्रांक जाम्बो अगिसा र कोलिन्सको फाइको एक–एक प्रहार पोस्टमा लागेर फर्किएको थियो । समुह ए मा क्यामरुन शिर्ष स्थानमा रहेको छ ।

केप भर्डेलाई १–० लाई पराजित गरेको बुर्किना फासो दोश्रो स्थानमा रहेको छ । केप भर्डे तेश्रो स्थानमा छ । बुर्किना फासोका लागि हसाने बान्डेले गोल गरेका थिए ।

१९६२ मा कप अफ नेसन्स जितेको इथियोपियाले १९७६ यता प्रतियोगितामा एक खेल पनि जित्न सकेको छैन । १९७६ पछि तीन पटक प्रतियोगितामा क्वालिफाई भएको इथियोपिया लगातार १० खेलमा जितबिहिन रहदै आएको छ ।

Click to comment

Trending