Headline

किशोरले एपिएफलाई अनपेक्षित हारबाट जोगाए

Published

on

किशोर महतोले अन्तिम ओभरमा ६ रन बचाएपछि नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा अनपेक्षित हातबाट जोगिएको छ ।

मुलपानी क्रिकेट मैदानमा एपिएफ गण्डकीमाथी दुई रनको संघर्षपूर्ण जित हात पार्दै सेमिफाइनल प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको हो ।

पहिलो ब्याटिङ्ग गरेको एपिएफ १८ दशमलव ४ ओभरमा ९२ रनमै अलआउट भयो । जवाफमा गण्डकी प्रदेशले ७ विकेटको क्षतिमा ९० रनमात्र बनाउन सक्यो । एपिएफले प्रतियोगितामा लगातार तेश्रो जित हात पारेको हो ।

एपिएफलाई अनपेक्षित हारबाट जोगाउने काम किशोरले गरे । अन्तिम ओभरमा ६ रनमात्र चाहिएको अवस्थामा किशोरले मात्र तीन रन खर्चदै एक विकेट लिएका थिए । यस क्रममा उनले सेट भएका ब्याट्स्म्यान बिधान श्रेष्ठलाई पेभिलियन फर्काएका थिए । अन्तिम ओभरमा गण्डकीले एक खेलाडी रनआउटमा गुमाएको थियो ।

१९ रनमै तीन विकेट गुमाएको गण्डकीलाई कप्तान बिपिन खत्री र बिधानले ५८ रनको साझेदारी गर्दै जित नजिक पुर्याएका थिए । बिपिनले ३९ बलमा ३६ रन बनाउदा तीन चौका र एक छक्का प्रहार गरे ।

बिधानले ४९ बलमा २९ रन बनाए । एपिएफका लागि कमल सिँह ऐरिले चार ओभरमा मात्र १० रन खर्चदै तीन विकेट लिए भने किशोरले १७ रन दिदै दुई विकेट हात पारेका थिए ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको एपिएफका लागि ओपनर प्रदिप ऐरिले सर्वाधिक १७ रन बनाए भने अर्का ओपनर आसिफ शेख १६ रनमा आउट भएका थिए । दिपक बोहोराले १५ रन बनाए ।

गण्डकीका लागि कमल परियारले तीन र बिशाल पौडेलले दुई विकेट लिए ।

Click to comment

Trending