Headline

होबार्टको रोमाञ्चक जितमा सन्दिपको ‘स्पेशल’ प्रदर्शन

Published

on

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दिप लामिछानेले महत्वपूर्ण समयमा उत्कृष्ट प्रदर्शन दिएपछि होबार्ट हुरिकेन्सले बिग ब्यास लिगमा सिड्नी थण्डरमाथि ९ रनको रोमाञ्चक जित हात पारेको छ ।

शिर्ष स्थानको दाबेदारीमा रहेको सिड्नीबिरुद्ध पहिलो ब्याटिङ्ग गरेको होबार्टले म्याथ्यु वेडको आक्रमक अद्र्धशतकको मद्दतमा ६ विकेट गुमाउदै १ सय ७७ रन बनायो । अन्तिम तीन ओभरमा ३१ रन चाहिएको अवस्थामा सन्दिपले दुई विकेट लिदै मात्र ५ रन खर्चिए पछि होबार्टको जितको आधार खडा भएको थियो ।

जोर्डन थम्प्सनले १९ औं ओभरमा ९ रन खर्चदै एक विकेट र टम रोजर्सले अन्तिम ओभरमा ७ रनमात्र दिएपछि सिड्नीले ९ विकेटको क्षतिभमा १ सय ६८ रन मात्र बनाउन सक्यो । होबार्टको जितसँगै सिड्नी ६ खेलको बिजयी यात्रामा पूर्णविराम लागेको हो ।

सन्दिपले ३० रन बनाएका नेथन म्याक्एन्ड्रयु र १७ रन बनाएका ब्याक्स्टर होल्टलाई पेभिलियन फर्काउदै ४५ रनको साझेदारी समेता तोड्न सफल भएका थिए । चार ओभरमा सन्दिपले २६ रन खर्चदै दुई विकेट हात पारेका हुन् ।

सन्दिपले जारी सिजन होबार्टका लागि १२ खेलमा १२ विकेट लिन सफल भएका छन् ।

पहिलो ८ ओभरमै ९२ रन जोड्दै आक्रमक शुरुवात गरेको सिड्नीको रनगति लाई सन्दिप र थोम्प्सनले नै रोकेका थिए । सिड्नीका लागि एलेक्स हेल्सले १७ बलमा ३८ रन बनाए ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको सिड्नी कप्तान वेडले ५४ बलमा ८३ रन ठोकेका थिए । उनले ८ चौका र दूई चौका प्रहार गरे । यस्तै क्यालेब जेवेलले ३२ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५१ रन बनाए । होबार्ट २४ अंकका साथ चौथो स्थानमा रहेको छ ।

Click to comment

Trending