Headline

नेपालमा पहिलो पटक फ्रान्चाइज बास्केटबल लिग हुँदै

Published

on

नेपाली बास्केटलमा पहिलो पटक फ्रान्चाइज बास्केटबलको रुपमा नेपाल बास्केटबल लिग हुने भएको छ । पोखरामा भएको नेपाल फुटसल लिगको अनुभव बटुलिसकेको टर्नपाइक इभेन्ट प्रा. लि. ले नेसनल बास्केटल लिगको घोषणा गरेको हो ।

नेपाल बास्केटबल संघ (नेबा) को साझेदारीमा हुने लिगलाई नेबाले आफू अन्तर्गत नेपाली बास्केटबलको एक मात्र आधिकारिक लिगको रुपमा घोषणा पनि गरको छ ।

खेलाडीहरुलाई क र ख बर्गमा बर्गिकरण गर्दै उनीहरुको ड्राफ्ट गरिने आयोजकले बताएको छ । क बर्गमा दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाएका खेलाडीहरु रहने छन् । टर्नपाइकले हालका लागि पुरुष तर्फ मात्रको लिगहरु गर्ने भएको हो ।

खेलाडीहरुको ड्राफ्ट रकम तय गरि सकिएको भने छैन ।

टर्नपाइकका कार्यकारी निर्देशक उकेश लोहनीका अनुसार प्रतियोगितामा ८ क्लबहरुको सहभागिता रहनेछ जसले एनबिएलको लाइसेन्स प्राप्त गर्नेछन् । सहभागी क्लबहरुलाई काठमाडौं, ललितपुर, किर्तीपुर, पोखरा, भक्तपुर, धरान, बिराटनगर, चितवन, बुटवल र धनगढी शहरले प्रतिनीधित्व गर्ने गरी बिभाजन हुने छ ।

प्रत्येक टोलीमा १२ खेलाडीको सहभागिता रहनेछ जसमा दुई बिदेशी अनिवार्य गरिएको छ । आयोजकले मिति निश्चित नगरेपनि लिगका सबै खेलहरु दशरथ रँगशाला कभर्ड हलमा हुने जानकारी दिएको छ ।

क्लबहरुसँग लिइने लाइसेन्स शुल्कको ४० प्रतिशत रकम आयोजकले नेबालाई बुझाउने छ । नेबाले टर्नपाइकलाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

Click to comment

Trending