Headline

सनसनीपूर्ण खेलमा बार्सालाई हराउदै रियल सुपर कपको फाइनलमा

Published

on

अतिरिक्त समयमा चीर प्रतिद्वन्दी बार्सिलोनामाथि ३–२ को सनसनीपूर्ण जित हात पार्दै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

साउदी अरेबियामा भएको खेलमाा अन्सु फाती निर्धारित समय सकिन ७ मिनेट अघि गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्दै अतिरिक्त समयमा गएको थियो । फेडेरिको भालभर्डे अतिरित्त समयको पहिलो हाफमा गोल गर्दै रियललाई सिजनको दोश्रो एल क्लासिको पनि जित दिलाए ।

यसअघि ला लिगामा भएको पहिलो एल क्लासिकोमा रियलले २–१ को जित हात पारेको थियो ।

स्ट्राइकर करिम बेन्जेमाले आफ्नो उच्च फर्मलाई जारी राख्दै निर्धारित समयको दुवै गोलमा महत्वपूर्ण योगदान गरेका थिए । तर दुवै पटक बार्साले पुनरागमन गर्दै खेलमा बराबरी गरेको थियो ।

यो सिजन उत्कृष्ट जोडी बन्दै गर्दा बेन्जेमाको असिस्टमा एक पटक फेरि भिनिसियस जुनियरले २५ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । लुक डी जोँगले ४१ औं मिनेटमा बार्सिलोनाको लागि बराबरी गोल गरेका थिए ।

७२ औं मिनेटमा बेन्जेमा आफैले गोल गरेका थिए । निर्धारित समयमा बेन्जेमाको प्रहार बारमा लागेको थियो भने अतिरिक्त समयमा रियल अग्रतालाई दोब्बर पार्न चुकेका थिए । काउन्टर अट्याकमा भिनिसियसको गतिले बार्सिलोनालाई खेल अवधिभर दवाबमा राखेको थियो ।

जाभी हर्नान्डेजको टोलीले औस्माने डेम्बेले, पेद्री र फाती मार्फत मौकाहरु बनाएपनि त्यसको सदुपयोग भने गर्न सकेको थिएन । खेलमार्फत म्यानचेस्टर सिटीबाट स्पेन फर्किएक फेरान टोरेसले बार्साका लागि डेब्यु गरेपनि गोल गर्न भने असमर्थ रहे ।

गत सिजनको ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडले बिहिबार हुने अर्को सेमिफाइनलमा एथ्लेटिक बिल्बाओको सामना गर्नेछ । यो खेलको बिजेतासँग १२ औं सुपर कप उपाधि पछ्याइरहेको रियलले आइतबार खेल्नेछ ।

Click to comment

Trending