Headline

९० मिनेटअघि नै रेफ्रिले खेल सक्किएको भन्दै दुई पटक सिठी बजाएपछि…

Published

on

अफ्रिका कप अफ नेसन्समा माली र ट्युनिसियाबीचको खेलमा रेफ्रिले ९० मिनेट अगाडी खेल सकिएको भन्दै दुई पटक सिठी बजाउदा बुधबारको खेलमा बिवाद भएको छ ।

अत्यन्तै बिचित्र अवस्था सृजना गर्दै रेफ्रि ज्यानी सिकाज्वेले ८५ औं मिनेटमै खेल सकिएको भन्दै सिठी फुके । खेलमा माली १–० ले अग्रता लिइरहदा ट्यनिसिया बराबरीका लागि प्रयास गरिरहेको थियो । खेल पुन सुचारु भएपछि निर्धारित ९० मिनेटमा २० सेकेण्ड बाँकी रहेको अवस्थामै सिकाज्वेले अर्को सिठी बजाए ।

रेफ्रिको निर्णयले चिढीएको ट्युनिसियन टोली र प्रशिक्षक मोन्धेर किबाएरलाई मैदान छोड्दै गर्दा बिरोध स्वरुप घेर्न गएका थिए ।

पटक पटक खेल रोकिनुका साथै ड्रिंक ब्रेक र भिडियो असिस्टेन्स रेफ्रिको रिभिउ पनि गरिएको कारण ट्युनिसियाले धेरै समय थपिने अपेक्षा गरिएको थियो ।

२५ मिनेटपछि माली खेल पुन सुचारु हुने सोच्दै मैदान फर्किएपछि थप कन्फ्युजनको अवस्था सृजना भएको थियो । खराब तरिकाले खेल सञ्चालन गरेको भन्दै बिरोधमा ट्युनिसिया मैदान उत्रन नमानेपछि समुह एफको खेलमा मालीले १–० ले खेल जितेको घोषणा गरिएको थियो ।

Click to comment

Trending