Headline

भिवोले झिक्यो आईपीएलको मुख्य प्रायोजकबाट हात 

Published

on

चर्चित चाइनिज मोबाइल कम्पनीले इन्डियन प्रिमियर लिग (आईपीएल) को मुख्य प्रायोजकबाट हात झिकेको हो । 

भिवोको आईपीएलको मुख्य प्रायोजकका रुपमा अझै दुई वर्ष बाँकी नै रहेको भए पनि उसले मुख्य प्रायोजकका रुपमा नरहने निर्णयमा पुगेको हो । 

भिवोले सन् २०१८ मा वर्षीय चार सय ४० करोड भारतीय रुपैयाँ प्रति वर्षका दरले पाँच वर्षको लागि मुख्य प्रायोजकका रुपमा भित्रिएको थियो । तर सन् २०२० को आईपीएल अघि भारत र चाइना बीचको सिमा विवाद आउँदा भिवोको सट्टामा भारतीय क्रिकेट बोर्डले ड्रिम ११ लाई मुख्य प्रायोजक बनाएको थियो । त्यसैले भिवोसँग अझै दुई वर्ष बाँकी रहे पनि अलग्गिने भएको हो ।       

भिवोको नै आग्रहमा उसको सट्टामा अब टाटा ग्रुप आईपीएलको मुख्य प्रायोजक हुनेछ । टाटा मुख्य प्रायोजक भएसँगै प्रतियोगिताको नाम पनि टाटा आईपीएल रहने छ । 

आईपीएलको मेगा अक्सन आगामी फेब्रुअरीमा आयोजना हुँदैछ । यस सिजन देखि कुल १० टोलीको सहभागिता रहने छ ।  

Click to comment

Trending