Headline

अफ्रिका कप अफ नेसन्सः इहिनाचोको प्रदर्शनले मोहम्मद सलाह छायाँमा

Published

on

इंगलिस प्रिमियर लिगका दुई ठूला नाम मोह्ममद सलाह र रियाद माह्रेजलाई छायाँमा पर्दा अफ्रिका कप अफ नेसन्समा नाइजेरियाले इजिप्टलाई १–० ले पराजित गरेको छ ।

मंगलवार भएको पहिलो खेलमा माह्रेजको अल्जेरिया फिफा बरियतामा १ सय ८ औं स्थानमा रहेको सिएरा लियोनसँग गोलरहित बराबरीमा रोक्कियो । तर प्रतियोगिताको तेश्रो दिन लेस्टर सिटी फर्वार्ड इहिनियाचोको नाममा रह्यो ।

इहिनियाचोले ३० औं मिनेटमा गरेको रकेट गोलमा समुह डीको सबैभन्दा ठूलो खेलमा नाइजेरिया किर्तिमानी सात पटकको बिजेतालाई पाखा लगाउन सफल भयो । इहिनियाचोले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच पनि पाउँदा लिभरपुलमा उत्कृष्ट फर्ममा रहेका सलाह र म्यानचेस्टर सिटी फर्वार्ड माह्रेज भने फिक्का साबित भएका थिए ।

इजिप्सियन कप्तान सलाह स्टाड रुम्डे अडिजामा एक्लिएका थिए भने दोश्रो हाफमा पाएको एक मात्र मौकामा उनको प्रहारलाई गोलकिपर मदुका ओकोयेले छेकेका थिए । बलियो टोली भएको कारण धेरै मिहिनेत गर्नु पर्ने अपेक्षा गरेका नाइजेरियन गोलकिपर ओकोयेले कुनै पनि समय चुनौतिको सामना गर्नु परेन ।

“हाम्रो दिमागमा तीन कुरा थियो, जित्ने, पोजेसन लिने र सलाहलाई सकेसम्म पास दिनबाट रोक्ने । हामी हरेक खेललाई फाइनलको रुपमा लिनेछौं किनभने क्यामरुनमा देशका नाम जुन सुकै भएपनि खेल्न निकै कठिन हुने गर्छ । अफ्रिकामा अहिले कुनै पनि राष्ट्र फुटबलमा सानो छैनन् । त्यसैले तपाईले योजना नबनाइ खेल्न आउनु भयो भने परिणाम सोचे अनुरुप हुने छैन,” नाइजेरियाका अन्तरिम प्रशिक्षक अगष्टिन इग्वेभोनले भने ।

अफ्रिका कप अफ नेसन्समा इजिप्ट र नाइजेरियाबीचको यो आठौं भेट थियो । नाइजेरियाले चारमा जित हात पारेको छ भने दुईमा बराबरी गरेको थियो ।

Click to comment

Trending