Headline

अफ्रिका कप अफ नेसन्सः डिफेन्डिँग च्याम्पियन अल्जेरिया सिएरा लियोनसँग रोक्कियो

Published

on

अफ्रिका कप अफ नेसन्सको उपाधि रक्षा गर्ने अल्जेरियाको अभियानमा पहिलो खेलमै धक्का लागेको छ । रियाद माह्रेजको अल्जेरिया मङ्गलवार डुआलामा भएको खेलमा सिएरा लियोनसँग गोलरहित बराबरीमा रोक्कियो ।

कतार फुटबलको अनुभव बटुलिरहेका यासिने ब्राहिमीले साबिक बिजेताको लागि गोल गर्ने सुनौलो अवसर खेर फालेका थिए । पहिलो हाफको शुरुवातमै गोलकिपरसँग वान भर्सेस वानको स्थितिमा मोहम्मद कमाराले उनको प्रहारलाई दोश्रो प्रयासमा रोकिदिएका थिए । कमाराले खेलमा ७ पटक अल्जेरियाको आक्रमण बिफल पारिदिएका थिए ।

अल्जेरियन फुटबल संघले अल्जेरियाबिरुद्धको बराबरीका लागि टिमका प्रत्येक सदस्यलाई १५ सय डलर दिनेछ भने समुह चरणमा जित हात पारेमा प्रत्येक खेलका लागि ४५ सय डलर घोषणा गरेको थियो ।

बराबरीमा अल्जेरियाले प्रतिस्पर्धात्मक खेलमा आफ्नो अपराजित यात्रालाई ३५ खेलसम्म लम्ब्याउन भने मद्दत गरेको छ । तर समुह इ को अर्को उपाधि दाबेदार आइभोरी कोस्टलाई भने यो बराबरीको फाइदा उठाउन मद्दत गर्न सक्छ । आइभोरी कोस्टले बुधबार इक्वेटोरियल गिनीसँग खेल्न गइरहेको छ ।

जापोमा स्टेडियममा मध्यान्हको घामले दुवै टोलीलाई मद्दत नगरेपनि २५ बर्षमा पहिलो प्रतियोगितामा सहभागित जनाइरहेको सिएरा लियोनको प्रदर्शन भने प्रशंसायोग्य रह्यो ।

बिश्व बरियतामा १ सय ८ स्थानमा रहेको सिएरा लियोनको डिफेन्सलाई पुर्व इंगल्याण्ड अन्तर्राष्ट्रिय स्टेभन वाकरले मजबुत बनाएका थिए भने चिनमा व्यवसायिक फुटबल खेलिरहेका मोहम्मद बुया टुरेले आशा लाग्दो प्रदर्शन दिए । २४ टिम रहेको प्रतियोगितामा उत्कृष्ट तेश्रो टोली पनि अर्को चरणमा पुग्ने भएका कारण सिएरा लियोन अब अन्तिम १६ को सपना देख्न सक्छ ।

२०१९ को फाइनलमा सेनेगललाई पराजित गर्दै उपाधि जितेको अल्जेरियाले आफ्नो अर्को समुह चरणको खेलमा आइतबार इक्वेटोरियल गिनीको सामना गर्नेछ ।

Click to comment

Trending