Headline

सिजनको दोश्रो एल क्लासिकोमा ‘टर्निङ्ग पोइन्ट’ खोज्दै बार्सिलोना

Published

on

पछिल्लो पटक बार्सिलोनाले रियल म्याड्रिडको सामना गर्दा उ लियोन मेस्सीको बहिर्गमन र आफ्नो सबैभन्दा खराब आर्थिक संकटबाट बाहिर निक्लन संघर्ष गरिरहेको थियो ।

रोनाल्ड कोमन अझै पनि प्रशिक्षक नै थिए भने क्याटलन क्लब मैदानमा अस्थिर नै थियो ।

स्पेनिस ला लिगामा गत अक्टोबर क्याम्प नोउमा व्यहोरेको २–१ को पराजयले अचम्म गर्ने भन्दा पनि बार्साको त्यो समयको कमजोर अवस्थालाई दर्शाइरहेको थियो ।

साउदी अरेबियामा बुधबार स्पेनिस फुटबलका दुई परस्पर प्रतिद्वन्दी स्पेनिस सुपर कप सेमिफाइलमार्फत सिजनको दोश्रो एल क्लासिकोमा प्रवेश गर्दा धेरै परिवर्तन आइसकेको छ । आर्थिक पुनःसंरचना गर्नुका साथै नयाँ प्रशिक्षक जाभाी हर्नान्डेजले मैदानमा सुधार ल्याएपछि बार्सिलोना अहिले आफ्नो लयमा फर्किसकेको छ ।

“अहिलेको सिनारियो फरक छ । त्यो समय हाम्रो लागि निकै कठिन थियो । अहिले हामी राम्रो गरिरहेको छौं र यसको भरपुर फाइदा उठाउन चाहन्छौं,” बार्सिलोनाका भेटेरान डिफेन्डर जेरार्ड पिकेले भने । उनका अनुसार सुपर कपको जित बार्सिलोनाको सिजनको टर्निङ्ग पोइन्ट हुन सक्छ ।

“अहिले हामी जुन अवस्थामा छौं, प्रत्येक जित र आशा गरौं उपाधि पनि, हाम्रो लागि निकै ठूलो हुनेछ । यसले हामीलाई आत्मबिश्वासका साथ अघि बढ्न मद्दत गर्न सक्छ,” पिकेले थपे ।

युवा मिडफिल्डर पेद्री गोन्जालेज सहित अक्टोबरको लिग खेलका लागि चोटका कारण अनुपस्थित रहेका धेरै खेलाडी बार्सिलोनामा फर्किसकेका छन् । त्यस यता बुधबारको खेलमा फरक पार्न सक्ने भेटेरान ब्राजिल डिफेन्डर ड्यानी आल्भेस र युवा स्टार फेरान टोरेसलाई बार्सिलोनाले अनुबन्ध गरेको छ ।

केही दिन अघि कोरोना भाइरस पोजिटिभ पाइए पनि टोरेस र पेद्री सोमबार नै सफाइ पाउदै टिमसँग साउदी अरेबिया पुगिसकेका छन् । गत संस्करण कोरोनाको कारण स्पेन मै भएपनि स्पेनिस सुपर कप साउदी अरेबियामै खेलाउने निर्णय स्पेनिस फुटबलको सर्वोच्च निकायले गरेको थियो ।

साउदीमा २०२० देखि स्पेनिस सुपर कप आयोजना गर्नका लागि स्पेन फुटबल महासंघले १ सय ३६ मिलियन डलरको सम्झौता गरेको थियो । प्रतियोगितालाई दुईबाट चार टिमको बनाइदै मध्य सिजनमा खेलाइने निर्णय लिइएको थियो ।

मानव अधिकारवादी नेताहरुको आलोचनाका साथै समर्थकहरुले स्पेनमै गराउन दवाब दिएपनि प्रतियोगितालाई साउदी अरेबियामै सारिएको हो । अर्को सेमिफाइनलमा बिहिबार ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिड र कोपा डेल रे उपबिजेता एथ्लेटिक बिल्बाओ खेल्न गइरहेका छन् ।

“हाम्रो प्रतियोगिता साउदीमा गएर खेल्नुको मैले कुनै औचित्य नै देख्दिन । यस्तो लाग्छ हामी अहिले समर्थकहरु बारे नै सोचिरहेको छैनौं,” बिल्बाओ मिडफिल्डर राउल गार्सियाले भने ।

गत सिजन एट्लेटिको पछाडी दोश्रो स्थानमा सक्काएपछि रियलले स्पेनिस कपको फाइनल फोरमा स्थान बनाएको हो । बार्सिलोना कोपा डेल रे च्याम्पियनको हकमा खेल्न गइरहेको हो ।

करिम बेन्जेमा र भिनिसियर जुनियरको उत्कृष्ट आक्रमण जोडीको मद्दतमा ला लिगामा शान्दार शुरुवात गरेको रियल उच्च लयमा साउदी अरेबिया पुगेको छ । ला लिगामा रियलले ५ अंकको अग्रता बनाएको छ । एक खेल हातमा रहेको एट्लेटिको रियलभन्दा १६ अंकले पछाडी छ । बिल्बाओ एट्लेटिसँग पाँच अंकको दुरीमा छ ।

Click to comment

Trending