Headline

एपिएफको सहज जितमा बम बिष्फोट

Published

on

लोकेश बमले बिष्फोटक ब्याटिङ्ग गरेपछि नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोश्रो जित हात पारेको छ ।

घरेलु ट्वान्टी ट्वान्टीकै सबैभन्दा छरितो मध्येको एक इनिङ्गस खेल्ने क्रममा लोकेशले २१ बलमै ५० रन ठोकेपछि एपिएफले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्यो ।

त्रिवि मैदानमा भएको दोश्रो खेलमा अविनाश बोहोराले चार विकेट लिएपछि बागमतीले २५ ओभरमा ८ विकेटको क्षतिमा १ सय २४ रनको सामान्य योगफल खडा गर्यो । शनिबार अद्र्धशतक प्रहार गरेका आसिफ शेख सस्तैमा पेभिलियन फर्किए पनि लोकेशको आक्रमक ब्याटिङ्गले एपिएफको सहज जितको आधार खडा गरेको थियो ।

सोमबार प्रदेश २ लाई २४ रनले हराएको एपिएफले १८ दशमलव ४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो ।

आसिफ १२ रनमा आउट भएपछि लोकेशले एपिएफको इनिङ्गसलाई पूर्ण रुपले आफ्नो नियन्त्रणमा लिएका थिए । प्रदिप ऐरिसँग ५८ रनको साझेदारी गर्दा उनले एक्लै ५० रन जोडेका थिए । रामनरेश गिरीलाई एकै ओभरमा पाँच चौका र एक छक्का प्रहार गर्दै २६ रन बटुलेका लोकेशले २१ बलमा अद्र्धशतक पुरा गरे ।

उनले २४ बलमा १० चौका र एक छक्का हिर्काए । प्रदिप ५४ बलमा चार चौका प्रहार गर्दै ३६ रनमा नटआउट रहे । सन्दिप जोराले १५ रन बनाए ।

पहिलो ब्याटिँग गरेको बागमतीले पहिलो पाँच ओभरभित्र ३३ रन जोडेको थियो । सुभाष खकुरेलले १८ बलमा २१ रन जोडेका थिए । लगत्तै बागमतीले कप्तान ज्ञानेन्द्र मल्ललाई ६ रनमा गुमाएको थियो ।

अर्का ओपनर इशान पाण्डे २४ बलमा २९ रन बनाई आउट भए । उनले दुई चौका र एक छक्का प्रहार गरे । आदिल खानले २२ बलमा १९ रन बनाए भने नन्दन यादवले १६ बलमा २४ रन जोडेपछि बागमती सम्मानजनक योगफल तर्फ पुगेको थियो ।

नन्दनले १६ बलमा तीन चौका र एक छक्का प्रहार गरे । अविनाशले चार ओभरमा ३२ रन खर्चिए । कमल सिँह ऐरिले पनि दुई विकेट हात पारे ।

Click to comment

Trending