Headline

गण्डकीलाई हराउदै प्रदेश २ को पहिलो जित

Published

on

गण्डकी प्रदेशलाई २ विकेटले पराजित गर्दै प्रदेश २ ले प्रधानमन्त्री कप ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

मुलपानी मैदानमा अर्जुन कुमालले ४१ रन बनाएपछि गण्डकी प्रदेशले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १६ रन बनायो । शुरुवाती तीन ब्याट्स्म्यानले योगदान दिएपछि निरन्तर विकेट गुमाएपछि प्रदेश २ ले १८ दशमलव १ ओभरमा १ सय २० रन बनाएको थियो ।

प्रदेश २ को जितमा हसिम अन्सारीले सर्वाधिक २६ रन बनाए भने सन्तोष कार्कीले २३ रन जोडेका थिए । हरिकृष्ण झाले १९ बलमा १७ रन जोडेका थिए । गण्डकीले २४ अतिरिक्त रन दिँदा प्रदेश २ लाई लक्ष्य पछ्याउन सहज भएको थियो ।

गण्डकीका लागि कृष्ण पौडेलले तीन विकेट लिए भने सुबाष भण्डारी र बिशाल पौडेलले २–२ विकेट हात पारेका थिए ।

यसअघि गण्डकीको इनिङ्गसलाई अर्जुनले सम्हालेका थिए । उनले चौथो विकेटका लागि सन्दिप क्षेत्रीसँग ५४ रनको साझेदारी गरेपछि गण्डकीले चुनौतिपूर्ण योगफल बनाएको थियो । सन्दिपले २४ बलमा दुई चौका र एक छक्काको मद्दतमा २७ रन बनाए ।

अर्जुनले ३९ बलमा ६ चौका प्रहार गरे । प्रदेश २ का लागि आदिल अन्सारीले दुई विकेट लिए ।

Click to comment

Trending