Headline

ब्रिगेडसँगको बराबरीले पुलिसमा गहिरियो संकट

Published

on

ब्रिगेड बोइज क्लबसँग बराबरीमा रोक्किएपछि पाँच पटकको ए डिभिजन लिग बिजेता नेपाल पुलिस क्लबमाथि संकट गहिरिएको छ ।

आठौं चरणको अन्तिम खेलमा पुलिसले सोमबार ब्रिगेडसँग १–१ गोलको बराबरी खेल्यो । चार खेलमा बराबरी र तीनमा हार व्यहोरेको पुलिस रेलिगेसन जोनबाट मात्र दुई अंकको दुरीमा रहेको छ ।

अर्को बिभागीय टोली नेपाल एपिएफ क्लबसँगै समान ७ अंक रहेको पुलिस कम गोल गरेको आधारमा ११ औं स्थानमा रहेको हो । ब्रिगेडको ६ अंक भएको छ भने रेलिगेसन जोनमा रहेका च्यासलको ५ र फ्रेन्ड्स क्लबको तीन अंक छ ।

सोमबार दशरथ रँगशालामा पुलिसलाई पुनरागमन गर्नु परेको थियो । ब्रिगेडले दोश्रो मिनेटमै रोशन रानामगरको गोलमार्फत अग्रता लिएको थियो । शिशिर लेखिको प्रहार पुलिसका गोलरक्षक शत्रुघन चौधरीले रोकेपछि आएको रिबाउण्डमा रोशनले गोल गरेका थिए ।

ब्रिगेडको खुशी दुई मिनेट पनि टिक्न सकेन । बुद्ध तामाङले फ्रि किक मार्फत गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए । दोश्रो हाफमा दुवै टोली मौकाको सृजना गर्दा गर्दै गोल गर्न असफल भए ।

ब्रिगेडका अनिल गुरुङ खेलको म्यान अफ द म्याच भए भने रोशन इमर्जिङ्ग प्लेयर घोषित भएका थिए ।

Click to comment

Trending