Headline

कप्तान लाथम र कन्वेको उत्कृस्ट परिमा पहिलो दिनको खेलमा नै न्युजिल्यान्ड विशाल स्कोर

Published

on

कप्तान तथा ओपनर टम लाथमको शतक र डेवन कन्वेको उत्कृष्ट पारीमा घरेलु टोली न्युजिल्यान्डले बंगलादेश विरुद्धको दोश्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा नै विशाल स्कोर बनाएको छ ।  

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पहिलो दिनको खेलको समाप्तिमा ९० ओभर खेल्दै एक विकेटको नोक्सानीमा ३४९ रन बनाएको छ ।

पहिलो दिनको खेलको समाप्तिमा लाथम १८६ रनमा तथा कन्वे ९९ रनमा अविजित छन् । २७८ बलको सामना गर्दै २८ चौका प्रहार गरेका लाथम र १४८ बलमा १० चौका र एक छक्का हिर्काएका कन्वेले न्युजिल्यान्डको लागि दोश्रो विकेटका लागि ५२ ओभरमा २०१ रनको साझेदारी गरेका छन् ।

पहिलो टेस्टमा न्युजिल्यान्ड विरुद्ध बंगलादेश आठ विकेट ऐतिहासिक जित निकाल्दै दुई टेस्ट शृंखलामा १-० को अग्रता लिन सफल भए पनि आज भने सुरु देखि नै निरिह बन्न पुग्यो । लाथमविल योङले पहिलो विकेटका लागि ३८ ओभरमा १४८ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई निकै राम्रो सुरुवात दिए ।

 बंगलादेशका शोरिफुल इस्लामले एक विकेट हात पारे । पहिलो खेलमा बंगलादेशको जितका नायक इबादोत हुसैनले २१ ओभरमा ११४ रन खर्चिए भने विकेट पनि निकाल्न सकेनन् ।   

Click to comment

Trending