Headline

इंगल्याण्ड र अष्ट्रेलियाबीचको चौथो टेस्टमा रोमाञ्चक बराबरी

Published

on

इंगल्याण्ड र अष्ट्रेलियाबीचको चौथो टेस्ट रोमाञ्चक बराबरीमा टुँगिएको छ । श्रृंखला यसअघि नै ३–० ले अष्ट्रेलियाको पक्षमा गइसकेको छ ।

अन्तिम जितका लागि ३ सय ५८ रन बनाउनु पर्ने इंगल्याण्डलाई मध्यक्रमले केही आशा दिएपनि उसले जोनि बेयरस्टोलाई गुमाउदा मात्र दुई विकेट हातमा रहेको थियो । स्टुवर्ट ब्रोड र ज्याक लिचको जोडीले ५२ बल खेल्दै अष्ट्रेलियालाई जितबाट टाढा राखेका थिए ।

अन्तिम दिनको मात्र दुई ओभर बाँकी रहेको स्थिति स्टिभन स्मिथले लिचलाई स्लिपमा डेभिड वार्नरको हातबाट क्याच आउट गराएपछि खेलले थप नाटकीय मोड लिएको थियो । तर अन्तिम ब्याट्स्म्यानको रुपमा आएका जेम्स एन्डर्सन र ब्रोडले नेथन लायोन र स्मिथलाई रोक्दै इंगल्याण्डको हार टारेका थिए ।

इंगल्याण्डले ९ विकेटको क्षतिमा २ सय ७० रन बनायो । पहिलो इनिङ्गसमा अष्ट्रेलियाले उस्मान खवाजाको १ सय ३७ रनको मद्दतमा ४ सय १६ रन बनाएको थियो । बेयरस्टोले १ सय १३ रन जोडेपनि इंगल्याण्डले जवाफमा २ सय ९४ रन बनायो ।

साढे दुई बर्षपछि टिममा गरेको पुनरागमनलाई अविस्मरणीय बनाउदै खवाजाले नटआउट १ सय १ रन बनाएपछि अष्ट्रेलियाले दोश्रो इनिङ्गस २ सय ६५ रनमा घोषणा गरेको थियो ।

दोश्रो इनिङ्गसमा इंगल्याण्डका लागि कप्तान जो रुटसँग चौथो विकेटका लागि ६० रन जोडेका बेन स्टोक्सले ६० रन बनाए । यस्तै पहिलो इनिङ्गसमा शतक बनाएका बेयरस्टोले ४१ रन जोडे । ब्रोडसँग महत्वपूर्ण ३३ रनको साझेदारी गरेका लिचले २६ रन बनाए ।

अष्ट्रेलियाका लागि स्कट बोल्याण्डले तीन विकेट लिए भने प्याट कमिन्स र लायोनले २–२ विकेट हात पारेका थिए । दुवै इनिङ्गसमा शतक प्रहार गरेका खवाजा म्यान अफ द म्याच घोषित भए ।

Click to comment

Trending