Headline

एमएलएस इतिहासकै सबैभन्दा महँगो खेलाडी बन्दै इटालीका लोरेन्जो इन्सिग्ने

Published

on

फ्रि ट्रान्सफरमा नापोलीबाट टोरन्टो एफसी जान सहमत भएपछि इटालीका लोरेन्जो इन्सिग्ने अमेरिकाको पहिलो डिभिजन फुटबल मेजर लिग सकर इतिहासकै सबैभन्दा महँगो खेलाडी हुने भएका छन् ।

इन्सिग्नेले प्रति बर्ष १५ मिलियन डलर पाउने छन् । यस क्रममा उनले स्विस लेजेण्ड ज्लाटन इब्राहिमोभिचको किर्तिमानलाई पछि पार्ने छन् । इब्राहिमोभिचलाई एल ए ग्यालेक्सीले ७ दशमलव २ मिलियन अमेरिकी डलर दिएको थियो ।

गत जुलाईमा इंगल्याण्डलाई युरो कपको फाइनलमा पराजित गर्दा इन्सिग्ने प्रतियोगितामा इटालीका प्रमुख खेलाडी रहेका थिए ।

“यो हाम्रो क्लबको लागि उत्साहजनक र ऐतिहासिक दिन हो । बिश्वस्तरीय इन्सिग्ने अझै पनि आफ्नो करिअरको उच्चमै छन् । उनी युरोपियन च्याम्पियन हुन् र नापोलीका लागि उच्च स्तरको फुटबलमा नापोलीका लागि पनि धेरै राम्रो प्रदर्शन दिन सफल भएका छन्,” टोरन्टोका अध्यक्ष बिल म्यानिँगले भने ।

इटालीको पहिलो डिभिजनको फुटबल सिरी आ को समाप्तिसँगै इन्सिग्नेले चार बर्षको सम्झौतामा टोरन्टोका लागि खेल्नेछन् ।

१५ बर्षको उमेरमा नै नापोलीबाट व्यवसायिक करिअर शुरु गरेका इन्सिग्नेले क्लबका लागि ४ सय १६ खेलमा १ सय १४ गोल गरेका छन् । उनी २०१९ देखि क्लबको कप्तानको रुपमा रहदै आएका छन् । उनले इटालीका लागि ५३ खेलमा १० गोल गरेका छन् ।

पुर्व स्वान्से सिटीका व्यवस्थापक बब ब्राड्लीले व्यवस्थापन गरेको टोरन्टो इन्टर्न कन्फ्रेन्समा खेल्ने गर्छ र गत सिजन उ प्लेअफका लागि छनोट हुन असफल रहेको थियो । नयाँ सिजन फेब्रुवरी देखि शुरु हुन गइरहेको छ ।

Click to comment

Trending