Headline

९० को दशकमा डेब्यु गर्दै अहिले सम्म पनि खेल्ने चार क्रिकेट खेलाडी

Published

on

भनिन्छ खेलकुदमा लाग्ने खेलाडीहरुका लागि खेल्ने समय निश्चित केहि समयको लागि मात्र हो । प्राय खेलाडीहरुको उमेर ३५ को हाराहारीमा पुगे पछि खेल खस्किन्छ र सन्यासको घोषणा पनि गर्दछन् । त्यस बाहेक प्राय खेलाडीहरुको खेल समय १५ वर्षको हाराहारीमा हुन्छ ।

तर केही यस्ता खेलाडीहरु पनि छन् जसको खेल जीवन २० वर्ष भन्दा माथि रहने गर्दछ । कोही तल्लो श्रेणीमा खेल्दै आफ्नो खेल्ने रहर पुरा गर्दछन् भने कोही माथिल्लो खेलहरु नै खेल्दै आफूलाई प्रमाणित पनि गर्न सफल भएका छन् ।

आज हामी यस्तै चारजना खेलाडीहरुको कुरा गर्दैछौँ जसले चारवटा दशक खेलमा नै बिताएका छन् । १९९० को दशकमा व्यावसायिक खेल खेल्न सुरु गरेका उनीहरु अझै पनि निरन्तर खेल्दै छन् ।

४. मिथाली राज 

मिथाली राज भारतीय महिला क्रिकेट टोलीकी कप्तान हुन् । केही दिन अघि मात्र ३९ बर्षीया मिथालीको कप्तानीमा भारतले आगामी मार्च-अप्रिलमा न्युजिल्यान्डमा आयोजना विश्वकपका लागि आफ्नो टोलीको घोषणा गरेको थियो ।

दायाँ हाते ब्याटर मिथालीले सन् १९९९ मा आयरल्याण्ड विरुद्धको एकदिवसीयबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । पछिल्लो दुई वर्ष देखि टोलीमा अटाउन नसकेकी मिथालीले सन्यासको घोषणा गर्ने धेरैले आफ्नो धारणा राखेका थिए । तर उनले सबैको अड्कलबाजीलाई गलत सावित गर्दै गत वर्ष इंग्ल्यान्ड भ्रमणमा भारतीय टोलीमा पुनरागमन गरिन् ।

३. शोएब मलिक 

पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तान शोएब मलिक आफ्नो देशको लागि मात्र नभएर विश्वभर चल्ने फ्रेन्चाइज क्रिकेटमा खोजिने मुख्य खेलाडी मध्य एक हुन् ।

३९ वर्षीय मलिकले गत वर्ष युएईमा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकपमा पाकिस्तानको तर्फबाट खेलेका थिए । धेरैले मलिकले विश्वकप पछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने अड्कल काटे पनि विश्वकप लगत्तै बंगलादेश भ्रमणका क्रममा पनि पाकिस्तानको लागि खेलेका थिए ।

सन् १९९९ मा शारजाह क्रिकेट रंगशालामा वेस्ट इन्डिज विरुद्धको एकदिवसीय खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले टेस्ट र एकदिवसीयबाट सन्यासको घोषणा गरे पनि ट्वान्टी ट्वान्टी खेल भने खेल्ने गर्दछन् ।

मलिक पाकिस्तानको लागि ट्वान्टी ट्वान्टी खेल्ने बाहेक बंगलादेश प्रिमियर लिग, लंका प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग जस्ता फ्रेन्चाइज क्रिकेटमा व्यस्त रहने गर्दछन् ।

२. क्रिस गेल 

युनिभर्स बोसको उपनामले परिचित क्रिस गेल वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान हुन् । आक्रामक शैलीमा खेल्ने गेलको विश्वभर ठुलै मात्रामा समर्थकहरु रहेका छन् ।

गेलले पछिल्लो पटक गत वर्ष युएईमा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजको लागि खेलेका थिए । बायाँ हाते गेलले विश्वकप पछि यस विश्वकप आफ्नो अन्तिम विश्वकप भएको भए पनि क्यारेबियनमा एउटा ट्वान्टी ट्वान्टी खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने जनाएका थिए ।

सन् १९९९ मा भारत विरुद्धको एकदिवसीयबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका गेलले फ्रेन्चाइज क्रिकेटबाट सन्यास लिने वारेमा भने केही खुलाशा गरेका छैनन् । विश्वभर फ्रेन्चाइज क्रिकेटको क्रेज भएका कारण पनि धेरै खेलाडीहरु अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्दै ट्वान्टी ट्वान्टी क्रिकेट खेल्ने गर्दछन् ।

१. शाहिद अफ्रिदी 

पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । तर उनी फ्रेन्चाइज लिग भने खेल्ने गर्दछन् ।

सन् २००९ मा पाकिस्तानले ट्वान्टी ट्वान्टी विश्वकपको उपाधी चुम्दा अर्धशतकीय पारी खेलेका अफ्रिदीले सन् १९९६ मा केन्या विरुद्दको एकदिवसीय खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । आक्रमक ब्याटिङ र लेग स्पिनका लागि परिचित अफ्रिदी कुनै समय एकदिवसीयमा तिब्र शतक बनाउने ब्याटर हुन् । उनले केन्या विरुद्ध ३७ बलमा बनाएका शतक करिब १८ वर्ष सम्म तिब्र शतकको रुपमा रह्यो ।

सन् २०१४ मा न्युजिल्यान्डका कोरे एन्डरसनले ३६ बलमा तथा सन् २०१५ मा दक्षिण अफ्रिकाका एबी डि भिलियर्सले ३१ बलमा शतक बनाउँदा अफ्रिदीको शतक तिब्र शतकको तेश्रो स्थानमा रहेको छ ।

पछिल्लो समय अफ्रिदीले टियु क्रिकेट मैदानमा आयोजना भएको एभरेष्ट प्रिमियर लिगमा काठमाडौँ किंग्स ११ का लागि खेलेका थिए । उनले यसै वर्ष आयोजना हुने पाकिस्तान सुपर लिग पछि सबै क्रिकेटबाट बिट मार्ने घोषणा गरेका थिए ।

Click to comment

Trending