Headline

तीन खेलपछि आर्मीको महत्वपूर्ण जित, एनआरटी किपर अजितको उत्कृष्ट प्रदर्शन

Published

on

गोलकिपर अजित प्रजापतिको उत्कृष्ट प्रदर्शनलाई पन्छाउदै त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा तीन खेलपछि पहिलो जित हात पार्न सफल भएको छ ।

पछिल्लो तीन खेलमा बराबरीमा रोक्एिको आर्मीले शनिबार दशरथ रँगशालामा भएको दोश्रो खेलमा एनआरटीमाथि १–० को कठिन जित हात पार्यो । जितका लागि संघर्ष गरेपनि आर्मीको लागि तीन अंक भने निकै महत्वपूर्ण रह्यो ।

आर्मीले १४ अंक सहित तेश्रो स्थानमा संकटासँग बराबरी गरेको छ भने गोल अन्तरको आधारमा उ पछि रहेको छ । आर्मीले तीन गोल अन्तरले जितेको खण्डमा उ तेश्रो स्थानमा उक्लने थियो । अपराजित आर्मीले लिगमा पाँच बराबरी खेलेको छ । एनआरटी १० अंकका साथ सातौं स्थानमा कायमै रहेको छ ।

खेलको १७ औं मिनेटमा जगजित श्रेष्ठको कट ब्याक क्रसमा दिनेश हेन्जनले गोललाइन नजिकबाटै हेडरमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा मेसुके ओलेमोउले निकालेको क्रसमा राजेश परियार गोल गर्ने सुनौलो मौकामा चुक्दा एनआरटीले बराबरी गर्ने अवसर गुमाएको थियो ।

दोश्रो हाफ आर्मी भर्सेस अजित रह्यो । ६२ औं मिनेटमा जर्ज प्रिन्स कार्की दुई डिफेन्डरलाई बिट गर्दै बक्स भित्र अजितसँग वान भर्सेस वान स्थितिमा पुगेपनि उनको लो ड्राइभ थोरैले बाहिरिएको थियो ।

लगत्तै अजितले उत्कृष्ट गोलकिपिङ्गको नमुना प्रस्तुत गरे । आर्मी कप्तान भरत खवासले राम्रो ड्रिब्लिँग गर्दै बक्सबाट गरेको लो ड्राइभलाई छेकेका अजितले छरितो फुर्ति देखाउदै जर्ज प्रिन्सले रिबाउन्डमा गरेको प्रहारलाई रोकेका थिए । जर्ज प्रिन्स अफसाइड रहेपनि अजितको प्रदर्शन हेर्न लायक थियो ।

एक मिनेटपछि नै एनआरटी डिफेन्सबाट बल खोसेका जर्ज प्रिन्सलाई एक पटक फेरि अजितले वान भर्सेस वान अवस्थामा रोकेका थिए ।

७३ औं मिनेटमा भरतले बक्स भित्रबाट गरेको सशक्त प्रहारलाई अजितले उत्कृष्ट ढँगले बाहिर पठाइदिएका थिए ।

Click to comment

Trending