Headline

लगातार राम्रो प्रदर्शन गर्दै सन्दिप 

Published

on

जारी बिग ब्यास लिगका सुरुवाती आठ खेलमा खासै राम्रो प्रदर्शन गर्न नसकेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेले पछिल्लो दुई खेलमा भने निकै राम्रो प्रदर्शन गरेका छन् । यस अघि सम्पन्न एडिलेड विरुद्धको खेलमा २२ रन खर्चिएर दुई विकेट हात पारेका सन्दिपले आज ब्रिसबेन हित विरुद्ध चार ओभर बलिङ गर्दै २३ रङ दिएर दुई विकेट आफ्नो नाममा लेखाए ।  

आफ्नो पहिलो र तेश्रो ओभरमा समान ८-८ रन खर्चिएर १-१ विकेट हात पारेका सन्दिपले दोश्रो ओभरमा दुई र चौथो तथा अन्तिम ओभरमा पाँच रन दिन पुगे।  

होबार्टको लागि छैटौँ ओभर लिएर आएका सन्दिप पहिलो बलमा नै छक्का खान पुगे । तर त्यस पछि उत्कृष्ट बलिङ गरेका उनले आफ्नो पहिलो ओभरको चौथो बलमा जेक लेम्यानको विकेट निकाल्दै होबार्टलाई दोश्रो सफलता दिलाए । 

आफ्नो दोश्रो ओभरमा दुई सिंगल मात्र दिएका सन्दिपले तेश्रो ओभरमा एक छक्का सहित आठ रन खर्चिए पनि एक विकेट हात पार्न सफल रहे । उनले आफ्नो तेश्रो ओभरको अन्तिम बलमा ज्यान उडको विकेट लिएका हुन् ।

जारी बिग ब्यास लिगमा सन्दिपले यस अघि नौ खेलमा आठ विकेट हात पारेका थिए ।  यस सिजन महँगो साबित भएका सन्दिपले ३४ दशमलब पाँच ओभर बलिङ गर्दै सात दशमलब ८३ को औसतमा २७३ रन खर्चिएका थिए ।    

नौ खेल मध्य चार खेलमा विकेट निकाल्न असफल रहेका सन्दिपको सबैभन्दा राम्रो प्रदर्शन मेलबर्न रेनेगेड्स विरुद्द रहेको थियो जसमा उनले ३२ रन खर्चिएर तीन विकेट हात पारेका थिए भने किफायती बलिङ एडिलेड स्ट्राइकर्स विरुद्ध रहेको थियो जुन खेलमा उनले २२ रन खर्चिएर दुई विकेट आफ्नो नाममा लेखाएका थिए ।

Click to comment

Trending