Headline

ए डिभिजन लिगः फ्रेण्ड्सद्वारा मच्छिन्द्रलाई जितको उपहार

Published

on

आत्मघाती गोल उपहार पाएपछि मच्छिन्द्र फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा कायमै रहन सफल भएको छ ।

दशरथ रँगशालामा भएको पहिलो खेलमा मच्छिन्द्रले फ्रेण्ड्स क्लबमाथि १–० को संघर्षपूर्ण जित हात पार्न सफल रह्यो । मच्छिन्द्रको ८ खेलपछि २० अंक भएको छ भने मनाङ्ग मस्र्याङ्गदी क्लबको १६ अंक छ । मनाङ्गले आठौं चरणको खेलमा च्यासल युथ क्लबबिरुद्ध खेलिरहेको छ ।

राम्रो टक्कर दिएको फ्रेण्ड्सबिरुद्ध मच्छिन्द्र निकै भाग्यमानी साबित भयो । ६७ औं मिनेटमा सुजल श्रेष्ठले निकालेको लँग बललाई क्लियर गर्ने क्रममा रोनेल एन्थोनी पलले आफ्नो पोस्टमा गोल गर्न पुगेका थिए ।

लगत्तै सुनिल बलले लिगको छैटौं गोल गर्ने सुनौलो मौका गुमाए । मनिष डाँगीले उत्कृष्ट दौड बनाउदै बायाँबाट गोललाइन अगाडी नै निकालेको बलमा सुनिलले ओपन चान्समा बाहिर हानेका थिए ।

हारपछि फ्रेण्ड्समाथि रेलिगेसनको खतरा अझै बढेको छ । पुछारमा रहेको फ्रेण्ड्सको ८ खेलबाट मात्रै तीन अंक रहेको छ । खेलमा मच्छिन्द्र गोलकिपर बिशाल श्रेष्ठले सातौं खेलमा क्लिन सिट राखेका छन् ।

मच्छिन्द्रले लगातार तीन खेलमा १–० को जित हात पारेको हो ।

Click to comment

Trending