Headline

नेपाललाई साफ महिला च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव

Published

on

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपाललाई साफ महिला च्याम्पियनसिप गर्नका लागि प्रस्ताव गरेको छ ।

शुक्रबार बसेको साफको भर्चुवल एक्ट्रा अर्डिनरी कँग्रेसले २०२२ को क्यालेन्डरलाई सच्याउदै प्रतियोगिताहरुको नयाँ मिति सार्वजनिक पनि गरेको छ । यस क्रममा नेपाललाई अगष्ट १२ देखि २४ सम्म साफ महिला च्याम्पियनसिपको छैटौं संस्करणको आयोजनाका लागि प्रस्ताव गरेको हो ।

साफ महिला च्याम्पियनसिप अहिलेसम्म भारत बाहेक कुनै पनि टोलीले जित्न सकेको छैन । २०१९ को आयोजक पनि रहेको नेपाल चार पटकको उपबिजेता हो भने एक पटक बंगलादेश फाइनल पुगेको थियो ।

अघिल्लो संस्करण नेपालले बिराटनगरमा आयोजना गरेको थियो । २०२१ मै हुनुपर्ने भएपनि कोरोना भाइरसका कारण प्रतियोगिताहरु साँरिदा यो प्रतियोगिता पनि स्थगित भएको थियो ।

यस्तै परिवर्तित नयाँ खेल तालिका अनुसार साफ अण्डर–१८ महिला च्याम्पियनसिप मार्च १५ देखि २६ सम्म भारतमा हुनेछ भने भारतले नै जुलाई २५ देखि अगष्ट ५ सम्म साफ अण्डर–२० च्याम्पियनसिपको आयोजना गर्नेछ ।

यस्तै साफ अण्डर–१७ च्याम्पियनसिप सेप्टेम्बर ५ देखि १६ सम्म श्रीलंकामा हुनेछ । साफ अण्डर–१५ च्याम्पियनसिपको मिति भने तय हुन बाँकी रहेको छ ।

शुक्रबारको कँग्रेसले अनुशासन तथा एथिक्स कमिटीसँगै अपिल्स कमिटी पनि गठन गरेको छ । सबै कमिटीमा साफका ६ सकृय सदस्य राष्ट्रहरुको प्रतिनीधि रहने छन् ।

Click to comment

Trending