Headline

ए डिभिजन लिगः जावलाखेल र एपिएफले अंक बाडे

Published

on

जावलाखेल युथ क्लब र नेपाल एपिएफ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा गोलरहित बराबरी खेलेका छन् ।

दशरथ रँगशालामा भएको दोश्रो खेलमा दुवै टोली गोल गर्ने प्रयासमा असफल हुँदा अंक बाड्न बाध्य भए । बराबरीपछि दुवै टोली अंक तालिकामा आ–आफ्नो स्थानमा यथावत रहेका छन् ।

८ खेलपछि जावलाखेल ८ अंक सहित नवौं स्थानमै कायम रहेको छ भने एपिएफ ७ अंकका साथ १० औं स्थानमा छ । एपिएफ रेलिगेसन जोनबाट मात्र तीन अंकको दुरीमा छ ।

शुक्रबार नै भएको पहिलो खेलमा पनि संकटा क्लब र सातदोबाटोले १–१ गोलको बराबरी खेलेका थिए ।

Click to comment

Trending