Headline

ए डिभिजन लिगः संकटा सातदोबाटोसँग रोक्कियो

Published

on

संकटा क्लब शहीद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबसँग बराबरीमा रोक्किएको छ ।

दशरथ रँगशालामा ८ औं चरणको पहिलो खेलमा सातदोबाटोले अग्रता लिएपनि जय गुरुङको शान्दार गोलबाट संकटा जोगिएको थियो । दुवै गोल खेलको पहिलो हाफमै भएका थिए ।

बराबरीपछि दुवै टोली आ–आफ्नो स्थानमा यथावत रहेका छन् । दोश्रो स्थानमा उक्लन चुकेको संकटाको १४ अंक भएको छ भने रेलिगेसन जोनबाट मात्र चार अंकको दुरीमा रहेको सातदोबाटोको ९ अंक भएको छ ।

लिगमा पाचौं बराबरी खेलेको संकटा हालसम्म अपराजित भने रहेको छ । अर्को अपराजित टोली त्रिभुवन आर्मी क्लब ११ अंकका साथ तेश्रो स्थानमा छ । शिर्ष स्थानमाको मच्छिन्द्र फुटबल क्लबको १७ र मनाङ मस्र्याङ्गदी क्लबको १६ अंक छ ।

रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबको पाँच र फ्रेण्ड्स क्लबको तीन अंक छ । ब्रिगेड बोइज क्लबको पाँच तथा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबको समान ६ अंक भने जावलाखेल युथ क्लबको ९ अंक छ ।

२२ औं मिनेटमा आफूतिर आएको ब्याक पासलाई संकटा गोलकिपर राजा बाबु थापाले नियन्त्रणमा राख्न नसक्दा सातदोबाटोले गोल खान पुग्यो । दिपक राज सिँह ठकुरीले दवाब बनाउदा लडेपछि राजबाबुको क्लियरेन्स सुशिल राइको छातीमा लाग्दै खाली पोस्टमा गोल हुन पुगेको थियो ।

१० मिनेटपछि नै संकटाले उत्कृष्ट पुनरागमन गोल गर्यो । जय गुरुङले २२ यार्डबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो ।

दोश्रो हाफमा दुवै टोलीले गोल गर्ने केही अवसर गुमाएपनि सबैभन्दा ठूलो मौकामा दिपक चुके । काउन्टर अट्याक मुभमा राजा बाबु अगाडी बढेको स्थितिमा उनले बाहिर प्रहार गरेका थिए ।

Click to comment

Trending