Headline

विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने 

Published

on

फेब्रुवरी १५ देखि ओमानमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोटको समुह ए अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले आयोजक राष्ट्र ओमानको सामना गर्ने भएको छ । 

ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा कुल १६ टोलीको सहभागिता रहँदा नेपाल रहेको समुह ए मा आठ टोली रहेको छ । समुह बि मा रहेका अर्को आठ टोलीको छनोट भने जिम्बाब्वेमा जुलाईमा आयोजना हुनेछ ।

यस अघि राउण्ड रोबिन आधारमा आयोजना भएको छनोट यस पटक भने समुह भित्र रहेका टोलीलाई पनि दुई समुहमा विभाजन गरिएको छ । समुह ए मा रहेका आठ टोलीलाई ४-४ गरेर दुई समुहमा विभाजन गरिएको छ भने एक टोलीले आफ्नो समुहमा रहेका अन्य तीन टोलीसँग राउण्ड रोबिन आधारमा खेल्ने छन् ।

समुह चरणमा पहिलो र दोश्रो रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनलको विजेताले फाइनल प्रवेश पाउनुको साथै यसै वर्ष अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपको पनि टिकट काट्ने छन् ।

यस समुहमा रहेका आठ टोलीहरू मध्य समुह ए मा आयोजक ओमानसँगै नेपाल, क्यानाडा र बहराइन रहेका छन् भने समुह बि मा आयरल्याण्ड, युएई, जर्मन र फिलिपिन्स रहेका छन् ।          

फेब्रुअरी १५ देखि २५ सम्म आयोजना हुने प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले फेब्रुअरी १८ मा खेल्ने छ भने त्यसको भोलि पल्ट बहराइनसँग भिड्ने छ । नेपालले समुह चरणको आफ्नो तेश्रो तथा अन्तिम खेल फेब्रुअरी २१ तारिकमा क्यानाडाको सामना गर्नेछ ।

यस समुहका सेमिफाइनल २२ तारिकमा हुनेछ भने फाइनल खेल २४ तारिकमा खेलाइने छ । 

ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा नेपालको खेल तालिका 

फागुन ६              नेपाल विरुद्ध ओमान                  ११:४५ बजे 

फागुन ७              नेपाल विरुद्ध बहराइन                ११:४५ बजे    

फागुन ९              नेपाल विरुद्ध क्यानडा                 ३:४५ बजे   

 

Click to comment

Trending