Headline

यस पटक प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी फरम्याटमा हुने निश्चित

Published

on

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने प्रधानमन्त्री कप राष्ट्रिय पुरुष प्रतियोगिता यस पटक ट्वान्टी ट्वान्टी फरम्याटमा हुने भएको छ । यस अघिका तीन संस्करण एकदिवसीय फरम्याटमा आयोजना भएको प्रतियोगिता फेब्रुवरीमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोटका कारण ट्वान्टी ट्वान्टी ढाँचामा गर्न लागिएको हो ।

नेपालले ट्वान्टी ट्वान्टी प्रतियोगिता खेल्न लागेको हुनाले क्यानले राखेपलाई यस पटक ट्वान्टी ट्वान्टी आयोजना गर्नका लागि स्वीकृती मागेको थियो । राखेपले पनि यस पटक ट्वान्टी ट्वान्टी गर्नका लागि अनुमति दिएको छ ।

क्यानले आगामी आइतबारबाट प्रतियोगिता सुरु गर्ने भन्दै तयारी सुरु गरिसकेको भए पनि राखेपबाट ट्वान्टी ट्वान्टीको लागि अनुमति आउन केही ढिला भएका कारण आगामी बढ्न सकेको थिएन । क्यानले अब सोमबार वा मंगलबार सम्ममा प्रतियोगिता सुरु गर्नेछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरेर कुल १० टोलीको सहभागिता रहने छ । क्यानले प्रधानमन्त्री कपका लागि भनेर जिल्ला देखि प्रदेश सम्मको छनोट पनि आयोजना गरिसकेको छ ।

क्यानले ट्वान्टी ट्वान्टी विश्वकप छनोटका लागि भन्दै ३०  सदस्यीय टोलीलाई हाल बन्द प्रशिक्षणमा राखेको छ । क्यानले यस अघि प्रधानमन्त्री कप ५० ओभरको नै आयोजना गर्ने र बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु सहभागी नगराउने सोच बनाएको भए पनि पुबुदु दासानायकेको आगमनसँगै उनकै आग्रहमा ट्वान्टी ट्वान्टी गराउन लागेको हो ।

पुबुदुले यस अघि आफू नेपालको मुख्य प्रशिक्षकका रुपमा दोश्रो पटक नेपाल आउन लागेको भए पनि पछिल्लो समय नेपालमा धेरै नयाँ प्रतिभावान् खेलाडीहरु भएको भन्दै उनीहरुको खेल हेर्नका लागि भए पनि ट्वान्टी ट्वान्टी गर्नका लागि क्यानलाई आग्रह गरेका हुन् । त्यस्तै उनले यस प्रतियोगिताबाट कुनै राम्रो खेलाडी भेटिएमा विश्वकप छनोटका लागि पनि काम लाग्ने जनाएका थिए ।

त्यस बाहेक ठुलो प्रतियोगितामा खेल्न जाँदा खेलाडीहरुलाई पनि केही म्याच एक्सपोजर होस् भन्ने सोचेको पुबुदुले पहिलो पटक पत्रकारहरुसँगको साक्षात्कारमा भनेका थिए ।           

 

 

Click to comment

Trending