Headline

भलिबलबाट बँगलादेश क्रिकेटको हिरो बन्दा सम्म इबादोतको ‘लामो कथा’

Published

on

इबादोत हुसैन भलिबल खेल्ने गर्थे र अहिले बायु सेनामा छन् । तर बुधबार बंगलादेश क्रिकेट इतिहासकै सबैभन्दा ठूलो उपलब्धिमा उनी नायक रहे ।

इबादोतले ६ विकेट लिएपछि बँगलादेशले पहिलो पटक न्युजिल्याण्डलाई कुनै पनि संरचनाको क्रिकेटमा उसकै भुमिमा माथ दियो । जारी बिश्व टेस्ट च्याम्पियनसिप साइकलको पहिलो जित हात पार्दा बंगलादेशले यसको डिफेन्डिङ्ग च्याम्पियनलाई नै ढालेको हो ।

प्रत्येक विकेट लिएपछि २७ बर्षिय तिब्र गतिका बलरले माउन्ट माउनगानुईको बे ओभलमा आफूले पेभिलियन फर्काएका ब्याटरलाई सलाम ठोक्थे । बायु सेनामा रहने गरेका कारण नै उनले यसो गरेका थिए ।

दोश्रो इनिङ्गसमा न्युजिल्याण्डको ६ विकेट लिँदा ४६ रन खर्चिएको बलिँग फिगरले उनलाई म्यान अफ द म्याच मात्र जिताएन, उनको क्रिकेटरको रुपमा भइरहेको बिकास अर्को चरणमा प्रवेश गरेको समेत इंगित गर्दै थियो ।

पहिलो इनिङ्गसमा एक मात्र विकेट लिएका इबादोतले यसअघि खेलेका १० टेस्टबाट मात्रै ११ विकेट लिएका थिए । शुरुवाती दिनहरुमा कुनै कमाल गर्न नसकेपनि बँगलादेशी चयनकर्ताहरुले उनीमाथि ठूलो बिश्वास राख्दै न्युजिल्याण्ड भ्रमणका लागि स्थान दिएको थियो ।

बंगलादेशी क्रिकेटमा उनको प्रवेश निकै छिटो भयो । २०१६ मा उनी आफ्नो घरबाट ३ सय ५० किलोमिटर पर एउटा बलिँग प्रतिस्पर्धातमा भाग लिन गएका थिए । त्यहाँबाट उनलाई ढाकामा एक ट्रेनिँग क्याम्पमा बोलाइयो । २०१९ मा उनी सिधै टेस्ट टोलीमा परे ।

इबादोतले आफ्नो गतिबाट प्रभाव त पारे तर उनको बलिँगलाई चम्काउन भने बाँकी नै थियो ।

उनले हाल बँगलादेशको बलिङ्ग प्रशिक्षक रहेका पुर्व वेष्ट इण्डिज क्रिकेटर ओटिस गिब्सनको रेखदेखमा निकै कडा मिहिनेत गर्दै आइरहेको बताउछन् ।

“बंगलादेशमा तिब्र गतिका बलरहरुको लागि पिच निकै फ्ल्याट हुने गर्छ । हामी अवे कण्डिसनमा कसरी बलिँग गर्ने र बललाई रिभर्स स्विँग गराउने सिक्दैछौं । म स्टम्पको सबैभन्दा माथि बल हिर्काउन चाहन्छु । यसको लागि मलाई केही धैर्यताको आवश्यकता थियो,” उनले भने ।

लामो कथा

इबादोत सामान्य क्रिकेटर होइनन् ।

धेरै बर्ष अघि भलिबल खेलाडीको रुपमा बँगलादेश बायु सेनामा जागिर खाएका उनलाई सलामको महत्व राम्ररी थाहा छ ।

“बँगलादेश बायु सेनाको सैनिक भएको कारण नै मलाई सलाम कसरी गर्ने आउछ । भलिबलबाट क्रिकेटसम्मको मेरो कथा लामो छ । अहिले बँगलादेश र बँगलादेश बायु सेनाको प्रतिनीधित्व गर्दै क्रिकेटमा रमाइरहेको छु,” उनी भन्छन् ।

दोश्रो इनिङ्गसमा १ सय ३० रनले पछि परेको न्युजिल्याण्ड बुधबार बिहान १ सय ४७ रनमा पाँच विकेटको कमजोर अवस्थाबाट अघि खेल्दा इबादोतले एक दिनअघि ७ बलको अन्तरालमा तीन विकेट लिइसकेका थिए ।

न्युजिल्याण्डलाई भेटेरान रोस टेलरकै जादुको आवश्यकता थियो तर इबादोतले पहिलो बल आउट स्विँग र दोश्रोमा उनको खुट्टाबाट भित्र पठाउदै बोल्ड गरिदिए । उनको गति कच्चा भएपनि लेन्थ, फिल्ड प्लेसिँग र आत्मबिश्वासले निखार्न सक्छ ।

“उनीसँग काम गर्न राम्रो लाग्छ किनभने उनी सिक्नका लागि निकै उत्सुक हुन्छन् र धेरै पनि सिक्न चाहन्छन् । उनीमा आत्मबिश्वास उच्च भएको स्थितिमा आज जसरी बलिँग गर्न सक्छन्,” गिब्सनले भने ।

विकेटकिपर ब्याट्स्म्यान लिटन दास इबादोतलाई परिपक्व हनु समय दिनु पर्ने भन्दै समर्थन गर्छन् । “हामी निरन्तर क्रिकेट खेल्दैनौं त्यही भएर उनले खेल्ने समय धेरै पाउदैनन् । तिब्र गतिका बलरहरुसँग सबै कुरा आफ्नो नियन्त्रणमा हुँदैन,” दासले भने ।

“उनी भविष्यमा अझै निखारिदै जानेमा म आशावादी छु । यो उनको मात्र ११ औं टेस्ट थियो । कुनै पनि क्रिकेटरलाई खेल बुझ्नका लागि कम से कम पनि १५ देखि १७ टेस्ट चाहिन्छ,” उनले थपे ।

Click to comment

Trending