Headline

होबार्टको हार, सन्दिपको उत्कृष्ट प्रदर्शन 

Published

on

होबार्ट हरिकेन्सले बिग ब्यास लिग अन्तर्गत आफ्नो नबौं खेलमा एडिलेड स्ट्राइकर्ससँग सात विकेटको फराकिलो हारको सामना गरे पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले भने उत्कृष्ट प्रदर्शन गरेका छन् ।

यस अघिका खेलमा महँगो साबित भएका सन्दिपले आजको खेलमा चार ओभर बलिङ गर्दै २२ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारे । एडिलेडको तीन विकेट खस्दा सन्दिप एक्लैले दुई विकेट लिन सफल भएका हुन् ।   

होबार्टको लागि पाँचौं ओभर लिएर आएका सन्दिपले मात्र दुई रन खर्चिएर एक विकेट हात पारे । उनले आफ्नो पहिलो ओभरको तेश्रो बलमा हेनरी हन्टको विकेट लिएका हुन् । सुरुवाती चार बलमा एक विकेट निकाल्दै कुनै पनि रन नदिएका सन्दिपले अन्तिम दुई बलमा भने सिंगल खर्चिए ।

आफ्नो दोश्रो ओभरमा चार सिंगल दिएका सन्दिपले तेश्रो ओभरमा भने आठ रन खर्चिए । त्यस्तै उनले आफ्नो अन्तिम ओभरमा पनि आठ रन खर्चिए पनि एक विकेट हात पारे । आफ्नो चौथो तथा अन्तिम ओभरको पहिलो बलमा म्याट रेन्शको विकेट निकाले पनि अन्तिम बलमा एक चौका खाए ।      

जारी बिग ब्यास लिगमा सन्दिपले नौ खेल खेल्दा मात्र ८ विकेट हात पारेका छन् । 

होबार्टले १९ दशमलब पाँच ओभरमा आफ्ना सबै विकेट गुमाएर १२६ रन मात्र जोड्न सक्यो भने एडिलेडले १५ दशमलब एक ओभर खेल्दै तीन विकेट गुमाएर लक्ष्य पार गर्यो । 

 

Click to comment

Trending