Headline

जोकोभिचले पर्याप्त प्रमाण देखाएनन् भने प्लेन चढाएर घर पठाइनेछः अष्ट्रेलियन प्रधानमन्त्री

Published

on

सर्बियन टेनिस सुपरस्टार नोभाक जोकोभिचलाई भ्याक्सिन नलगाए पनि अष्ट्रेलियन ओपन खेल्न दिने निर्णयको व्यापक बिरोध भएपछि अष्ट्रेलियाका प्रधानमन्त्रीले नै सार्वजनिक रुपमा स्पष्टिकरण दिनु पर्ने भएको छ ।

बर्षको पहिलो ग्राण्ड स्ल्यामका लागि जोकोभिच अष्ट्रेलियन आउन लाग्दा आयोजकहरुले सबै खेलाडी तथा पदाधिकारीलाई भ्याक्सिन अनिवार्य गरेको छ तर पर्याप्त प्रमाण दिने हो भने एक स्वतन्त्र बिज्ञहरुको टोलीले यसमा छुट दिन सक्नेछ ।

जोकोभिचले आफूले भ्याक्सिन लगाए अथवा नलगाएको बारे केही नबोले पनि गत बर्ष आफू यसको बिरुद्धमा रहेको अभिव्यक्ति दिएका थिए । जोकोभिच बिना भ्याक्सिन नै अष्ट्रेलियन ओपनमा सहभागि हुन गइरहेको समाचार बाहिर आएपछि अष्ट्रेलियनहरु यो निर्णयको आलोचनामा उत्रिएका छन् ।

प्रधानमन्त्री स्कट मोरिसनले जोकोभिचले भ्याक्सिन नलगाएको कारणबारे पर्याप्त प्रमाण दिन नसक्ने हो भने उनलाई प्लेन चढाएर घर पठाइने बताएका छन् ।

अष्ट्रेलियन ओपन आयोजकले जोकोभिचलाई बिशेष ग्राह्यता नदिएको बताए पनि यो निर्णयले संसारकै कडा लकडाउनमा समय बिताएका अष्ट्रेलियनहरु क्रुद्ध बनेका छन् ।

१६ बर्षमाथिका ९० प्रतिशतभन्दा बढी जनसंख्याले भ्याक्सिन लगाइसकेको भएपनि कति अष्ट्रेलियनहरु हालको अवस्थामा एक राज्यबाट अर्को राज्यमा जान सकिरहेका छैनन् ।

अष्ट्रेलियन ओपन जनवरी १७ बाट शुरु हुँदैछ । जोकोभिचले आफ्नो आगमनसँगै मेडिकल छुट पाएको यथेष्ट प्रमाण पेश गर्नु पर्ने अष्ट्रेलियन प्रधानमन्त्रीले बताएका थिए । “यदि उनको प्रमाण पर्याप्त रहने छैन भने उनलाई बिशेष व्यहार गरिने छैन । नोभाक जोकोभिचको लागि छुट्टै नियम बन्दै बन्दैन,” मोरिसनले भने ।

Click to comment

Trending