Headline

विराट कोहली भन्दा धेरै तलब खाने खेलाडीहरु

Published

on

भारतीय क्रिकेट बोर्ड बिश्वकै सबैभन्दा धनी क्रिकेट बोर्डमा पर्दछ । भारतका क्रिकेट खेलाडीहरु विश्वमा नै सबैभन्दा धेरै कमाई गर्ने खेलाडीहरु मध्ये छन् । 

 विराट कोहलीले गत वर्ष करिब २०० करोड भारतीय रुपैयाँ कमाई गरे भने उनी फोर्ब्सको सबैभन्दा धेरै कमाई गर्ने खेलाडीहरुको सूचीको ६६ औं स्थानमा रहेका थिए । 

कोहली इन्डियन प्रिमियर लिग (आईपीएल) मा सर्वाधिक धेरै कमाउने खेलाडी पनि हुन् । उनले बेंगलोर फ्रेन्चाइजबाट तलब बापत १७ करोड प्राप्त गर्दछन् । त्यस्तै बिसीसीआईको सेन्ट्रल कन्ट्रयाक्टको ए प्लस ग्रेडमा रहेका कोहलीले वार्षिक सात करोड तलब थप्ने गर्दछन् । 

त्यस्तै उनले एमआरएफ, मिन्ट्रा, उबर इन्डिया, अउडी, एमपीएल, हिरो जस्ता दर्जनौं ब्रान्डहरुबाट ब्रान्ड इन्डोर्समेन्ट मार्फत करोडौँ भारतीय रुपैयाँ पनि आम्दानी गर्ने गर्छन् । 

तर वार्षिक करोडौं कमाई गर्ने कोहली तलबको मामिलामा भने पाँचौं स्थान सम्ममा पनि अटाउँदैनन् भन्ने सुन्दा अचम्म लाग्न सक्दछ । आफ्नो देशको बोर्डबाट धेरै तलब खाने खेलाडीहरुको सुचीमा कोहली भन्दा अरु धेरै खेलाडी अगाडि छन् । 

आफ्नो क्रिकेट बोर्डबाट कोहली भन्दा धेरै तलब खाने पाँच खेलाडीहरु को–को छन् त ?

५. जोस बटलर

जोस बटलर इंग्ल्यान्ड क्रिकेटका एक उत्कृष्ट तथा हाल निकै फर्ममा रहेका ब्याट्स्म्यान हुन् । विकेट किपर ब्याट्स्म्यान बटलरले आफुलाई टेस्ट, एकदिवसीय र ट्वान्टी ट्वान्टी गरि तीनवटै फरम्याटमा सिद्ध पनि गरिसकेका छन् । 

सन् २०१९ मा घरेलु मैदानमा आयोजना भएको विश्वकपको उपाधि पहिलो पटक इंग्ल्यान्डलाई दिलाउने क्रममा न्युजिल्यान्ड विरुद्दको फाइनलमा बलरले अर्धशतकीय पारी खेलेका थिए । 

उनले इंग्ल्यान्ड क्रिकेट बोर्डबाट तलब स्वरूप वार्षिक ९ दशमलब ३ करोड आम्दानी गर्छन् जुन कोहलीको भन्दा दुई दशमलब तीन करोड भारतीय रुपैयाँ बढी हो ।

४. जोफ्रा आर्चर

इंग्ल्यान्ड क्रिकेट टोलीका तीब्र गतिका बलर आर्चर छोटो समयमा नै बिश्व क्रिकेटमा छोटो समयमा नै आफ्नो ठुलो प्रभाव छाड्न सफल भएका छन् । वेस्ट इन्डिजबाट अण्डर–१९ सम्मको क्रिकेट खेलेका आर्चरले पछि इंग्ल्यान्डबाट खेल्ने निधो गरे । 

धेरै अड्कलबाजीका बीचमा उनी सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा आयोजना भएको विश्वकपमा इंग्ल्यान्ड टोलीमा स्थान बनाउने मात्र नभएर उत्कृष्ट प्रदर्शन दिन पनि सफल रहे । उनको उत्कृष्ट बलिङ प्रदर्शनको सहयोगमा इंग्ल्यान्डले पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि चुम्न सफल भयो ।

पछिल्लो एक वर्ष देखि उनी कुहिनोको चोटका कारण आर्चर मैदान बाहिर रहेका छन् । चोटका कारण नै उनले यसै वर्ष युएईमा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकप गुमाउन पुगे भने अहिले घरेलु टोली अष्ट्रेलिया विरुद्धको एसेजमा पनि टोलीमा छैनन् । 

अहिले टोलीमा अटाउन नसके पनि उनले बोर्डबाट वार्षिक ९ दशमलब ३ करोड भारतीय रुपैयाँ बुझ्ने गरेका छन् ।

३. बेन स्टोक्स

बेन स्टोक्स इंग्ल्यान्ड टेस्ट टोलीका उपकप्तान हुन् भने बिश्व क्रिकेटकै सफल अलराउण्डर पनि । उनले आफ्नो ब्याटिङ र बलिङ मात्र नभएर उत्कृष्ट फिल्डिङमार्फत पनि इंग्ल्यान्डलाई धेरै खेलहरु जिताएका छन् । 

सन् २०१९ मा घरेलु मैदानमा एकदिवसीय विश्वकप आयोजना हुँदा इंग्ल्यान्डले पहिलो पटक विश्वकपको उपाधि चुम्यो । जसमा स्टोक्सको योगदान उल्लेखनीय रहेको थियो । 

स्टोक्सले पनि कप्तान जो रुट जस्तै इंग्ल्यान्ड क्रिकेट बोर्डबाट वार्षिक ९ दशमलव ३ करोड रुपैयाँ तलब प्राप्त गर्दछन् । यो भनेको कोहलीको भन्दा दुई दशमलब तीन करोड बढी हो ।

२. जो रुट

इंगल्याण्डको टेस्ट टोलीका कप्तान जो रुट ट्वान्टी ट्वान्टीमा आफ्नो देशको टोलीमा स्थान बनाउन नसके पनि एकदिवसीय र टेस्ट टोलीको मुख्य सदस्य हुन् । विश्व क्रिकेटमा हाल खेलिरहने उत्कृष्ट खेलाडीहरुमा उनी चार जना भित्र पर्दछन् । 

रुटले आफ्नो उत्कृष्ट ब्याटिङको मद्दतले इंग्ल्यान्डलाई धेरै खेलमा जित दिलाएका छन् । हाल एसेजको लागि इंग्ल्यान्डको टोली अष्ट्रेलियामा रहेको छ । तीन टेस्ट मध्ये तीनवटामा नै हारको सामना गर्दा इंग्ल्यान्डले एसेज गुमिसकेको छ । अन्य ब्याट्स्म्यानहरु अष्ट्रेलियन बलर सामु निरिह बन्दा रुटको ब्याटबाट भने लगातार रन बनिरहेको छ । 

उनको यस्तै प्रदर्शनको लागि उनले इंग्ल्यान्ड क्रिकेट बोर्डबाट वार्षिक ९ दशमलब ३ करोड तलब प्राप्त गर्दछन् ।

१. स्टिभ स्मिथ

स्टिभ स्मिथ अष्ट्रेलियन क्रिकेट टोलीका पुर्व कप्तान तथा हालका उपकप्तान हुन् । दक्षिण अफ्रिका विरुद्धको टेस्टका क्रममा बल ट्याम्परिङ गरेको प्रमाण भेटे पछि एक वर्षको प्रतिबन्ध खेपेका स्मिथ अष्ट्रेलियाका मुख्य ब्याट्स्म्यान पनि हुन् ।

एक वर्ष पछि खेलमा फर्किए पनि उनको ब्याटिङमा भने केही कमि रहेन । लेग स्पिनरका रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले पछिल्लो १० वर्षमा आफूलाई सर्वकालीन महान ब्याट्स्म्यानको रुपमा स्थापित गरिसकेका छन् । 

उनको खेल र ब्याटिङका कारण उनले अष्ट्रेलियान क्रिकेट बोर्डबाट तलब स्वरूप १२ दशमलब ५ करोड तलब थाप्ने गर्दछन् जुन भारतीय टेस्ट टोलीका कप्तान बिराटको भन्दा ५ दशमलब ५ करोड बढी हो ।

Click to comment

Trending