Headline

ठाकुरको सात विकेटमा दोश्रो दिन खेलमा फर्कन सफल भारत 

Published

on

शार्दुल ठाकुरले घातक बलिङ गर्दै एक्लैले सात विकेट हात पारे पछि घरेलु टोली दक्षिण अफ्रिका विरुद्धको दोश्रो टेस्टको आफ्नो पहिलो पारीमा मात्र २०२ रनमा समेटिएको भारत दोश्रो दिन भने खेलमा फर्कन सफल भएको छ । 

दक्षिण अफ्रिकालाई मात्र २२९ रनमा रोकेको भारतले दोश्रो दिनको खेलको समाप्तिमा ८५ रन बनाएको छ भने ५८ रनको अग्रता लिएको छ ।

भारत पहिलो पारीमा मध्यम स्कोरमा आउट हुँदा दक्षिण अफ्रिकालाई आफ्नो पहिलो पारीमा ठुलो अग्रता लिने अवसर थियो । तर ठाकुरले १७ दशमलब पाँच ओभर बलिङ गर्दै ६१ रन खर्चिएर सात विकेट हात पार्दा दक्षिण अफ्रिका ७९ दशमलब चार ओभरमा २२९ रन बनाउँदा अल आउट हुन पुग्यो र मात्र २७ रनको अग्रता लिन सक्यो ।

दोश्रो दिनको खेल एक विकेटको नोक्सानीमा ३५ रनको अवस्थाबाट सुरु गरेको दक्षिण अफ्रिकाले १९४ रन जोड्दा आफ्ना बाँकी नौ विकेट पनि गुमायो ।

दक्षिण अफ्रिकाको तर्फबाट किगन पिटरसनले सर्वाधिक ६२ र टेम्बा बवुमाले ५१ रन बनाउँदा कप्तान डिन एल्गर २८ तथा काइल वेरेन, मार्को यानसन र केशव महाराज समान २१-२१ रन बनाएर आउट भए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ठाकुर बाहेक भारत मोहम्मद शामीजस्प्रित बुम्राले क्रमश दुई र एक विकेट हात पारे ।

आज नै आफ्नो दोश्रो पारी सुरु गरेको भारतको तर्फबाट कप्तान केएल राहुल आठ तथा मायंक अगरवाल २३ रन बनाएर आउट भए भने चेतेश्वर पुजाराअजिंक्य रहाने क्रमश ३५ र ११ रनमा अविजित रहेका छन् ।     


Click to comment

Trending