Headline

सधैँका लागि कप्तान बन्न आएको हैन : ज्ञानेन्द्र मल्ल

Published

on

क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रुअरीमा ओमानमा हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोट खेलका लागि मंगलबार सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन् । 

क्यानले सार्वजनिक गरेको ३० खेलाडी मध्य मंगलबार कारबाहीमा परेका ४ खेलाडीसहित सबै जसो खेलाडी मैदानमा देखा परेका हुन् । मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल सहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाए ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा २८ खेलाडीसँगै अभ्यास गरिरहेका  पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रित गर्ने बताए । खेलाडी वर्गीकरणको विषय पछि सतहमा देखिएको खेलाडी र क्यान बीचको समस्या समाधान भएको ज्ञानेन्द्रले जनाए ।

मंगलबार मैदानमा सञ्चारकर्मीसँग बोल्दै ज्ञानेन्द्रले आफू सधैं भरि कप्तान बन्नका लागि नआएको बताए । बोर्ड र खेलाडी बीच पहिले नै यसरी छलफल भएको भए यो विवाद यस्तो अवस्था नआउने भन्दै मल्लले बिनाजानकारी आफुलाई कप्तानबाट हटाउनु निकै दुखद भएको बताए । उनले यसले आफुले यत्रो वर्ष देशका लागि खेल्दा पनि यस्तो सजाए पाएकोमा दु:ख लागेको भए पनि सधैँ आफु नै कप्तान बन्नु पर्छ भन्ने अडानमा नरहेको पनि जनाए । मल्लले आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको भन्दै देश, आफ्नो र परिवारका लागि खेल्ने जनाए ।

यस्तै मल्लले क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र चारजना खेलाडीलाई गरिएको कारबाही फिर्ताको विषयमा पनि सहमति भएको जानकारी गराए । उनले इगो बाहिर राखेर नेपाली क्रिकेटको लागि एक ठाउँमा बस्नु भन्दा पनि विगत बिर्सिएर अघि बढ्ने अवस्थामा पुगेका बताए ।अब विश्वकप छनोट नजिकिँदै गएको भन्दै मल्लले छनोटमा खेलमा केन्द्रित हुनेमा प्रष्ट पारे ।

सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयमा सञ्चारमाध्यममा बोलेका कारण चार खेलाडी ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरिएको थियो । कारबाही स्वरूप क्यानले ज्ञानेन्द्र र दिपेन्द्रलाई कप्तान र उपकप्तानबाट बर्खास्त गर्नुको साथै उनीहरु दुई सहित सोमपाल र कमललाई सन् २०२२ को सुरुवाती ६ महिना सेन्ट्रल कन्ट्रयाक्टबाट फुकुवा गर्ने जनाएको थियो। त्यस पछि क्रिकेट संघ र खेलाडीबीचको विवाद उत्कर्षमा पुगेको थियो । 

क्यानले ज्ञानेन्द्रको स्थानमा लेग स्पिनर सन्दिप लामिछानेलाई नेपाली टोलीको नयाँ कप्तान नियुक्त गरेको थियो । क्यानले उपकप्तानका विषयमा भने कुनै पनि निर्णय लिएको छैन । 

 

Click to comment

Trending