Headline

तेश्रो दिनको खेल पनि बंगलादेशको नियन्त्रणमा 

Published

on

कप्तान मोनिमुल हक र विकेट किपर ब्याटर लिटन दासले अर्धशतक प्रहार गरे पछि बंगलादेशले घरेलु टोली न्युजिल्यान्ड विरुद्धको पहिलो टेस्टको पहिलो पारी आफ्नो नियन्त्रणमा राख्न सफल भएको छ ।

न्युजिल्यान्डलाई पहिलो पारीमा ३२८ रनमा समेटेको बंगलादेशले तेश्रो दिनको खेलको समाप्ति सम्ममा १५६ ओभर खेल्दै ६ विकेटको नोक्सानीमा ४०१ रन बनाएको छ र ७३ रनको अग्रता पनि कायम गर्न सफल भएको छ ।

तेश्रो दिनको खेल दुई विकेटको नोक्सानीमा १७५ रनबाट सुरु गरेको बंगलादेशले चार विकेट गुमाएर २२६ रन जोड्यो । दोश्रो दिनको खेल सकिँदा ७० रनमा अविजित रहेका ओपनर महमुदुल हसन जोय आठ रन मात्रै जोड्दै आउट हुन पुगे ।

बंगलादेशको तर्फबाट कप्तान हकले २४४ बलको सामना गर्दै सर्वाधिक ८८ रन बनाए भने दासले १७७ बल खेल्दै ८६ रनको योगदान दिए । दिनको खेलको समाप्तिमा मेहदी हसन २० तथा यासिर अली ११ रनमा अविजित छन् । उनीहरुले बंगलादेशको तर्फबाट पाँचौ विकेटका लागि १५८ रन जोड्दै बंगलादेशलाई बलियो स्थितीमा पुर्याए । 

न्युजिल्यान्डका निल वेंगरट्रेन्ट बोल्टले समान ३-३ विकेट हात पारे ।

Click to comment

Trending