Headline

अब्दुल्लाहले बोलाएको प्रारम्भिक ३४ मा ७ नयाँ अनुहार

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ७ नयाँ अनुहार समेट्दै मरिससबिरुद्ध हुने दुई अन्तर्राष्ट्रि मैत्रीपूर्ण खेलका लागि ३४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन् ।

नेपालले दशरथ रँगशालामा पुर्वी अफ्रिकी द्विप राष्ट्र मरिससँग जनवरी २९ र फेब्रुवरी १ मा खेल्न गइरहेको छ । यसका लागि अब्दुल्लाहले पहिलो चरणको बन्द प्रशिक्षणको लागि शुरुवाती टोलीको घोषणा गरेका हुन् ।

अब्दुल्लाहले समेटेका नयाँ अनुहारमा नेपाल पुलिस क्लबका गोलकिपर सत्रुघन चौधरी र जावलाखेल युथ क्लबका गोलकिपर टिकेन्द्र थापा रहेका छन् । यस्तै अन्य पाँच खेलाडीहरुमा सातदोबाटो युथ क्लबका आकाश बुडामगर, सुदिप गुरुङ र सुशिल राई, न्युरोड टिमका कृष्ण रत्न छुन्छु र नबिन गरुङ रहेका छन् ।

यसअघि नै क्याम्पमा रहिसकेका मध्ये गोलकिपरमा किरण चेम्जोङ, दिप कार्की र बिशाल श्रेष्ठ रहेका छन् । यस्तै लामो समय देखि चोटका कारण राष्ट्रिय टोलीबाट बाहिर रहेका बिमल घर्ती मगरलाई पनि बोलाइएको छ ।

बिमल हाल मच्छिन्द्र फुटबल क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेल्दै आइरहेका छन् ।

अन्य खेलाडीहरुमा आयुष घलान, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, बिशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेन्जन, दिनेश राजबंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुभाष गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी र तेज तामाङ रहेका छन् ।

अक्टोबर १६ मा भएको साफ च्याम्पियनसिप फाइनल यता नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल्न गइरहेको हो ।

Click to comment

Trending