Headline

आर्थिक जटिलताका कारण टोरेस अहिले नै बार्साको टोलीमा दर्ता नहुने

Published

on

फेरान टोरेसलाई म्यानचेस्टर सिटीबाट भित्र्याई सकेपनि बार्सिलोनाले अहिले नै स्पेनिस स्टारलाई टिममा दर्ता गर्न नसक्ने भएको छ ।

बार्सिलोना प्रशिक्षक जाभीका अनुसार आर्थिक जटिलताको कारण टोरेसलाई दर्ता गर्न क्लबले कि त अन्य केही खेलाडीहरुलाई बेच्नु पर्नेछ अथवा उनीहरुको पारिश्रमिक घटाउनु पर्नेछ ।

भ्यालेन्सिया छोडेर इंगलिस प्रिमियर लिग खेल्न गएका टोरेसलाई बार्साले ४६ दशमलव ७ मिलियन पाउण्डमा क्याम्प नोउ भित्र्याएको थियो । तर दुई बर्ष देखि बार्सा आर्थिक संकटबाट गुज्रदै आएको छ ।

२१ बर्षिय टोरेसलाई दर्ता गर्न अनुदानबाट आएका मुल्य समायोजन गर्न कि त अन्य खेलाडीहरुलाई बेच्ने अथवा उनीहरुको तलब घटाउनु पर्नेछ अथवा औस्माने डेम्बेलेको पारिश्रमिकमा पुनविचार गर्नुपर्नेछ । पहिलो विकल्प नरोज्ने हो भने डेम्बेले कम तलबमा बार्सामै बस्न बाध्य हुनेछन् ।

“टोरेस उत्कृष्ट खेलाडीका साथ साथै निकै राम्रो व्यक्ति पनि हुन् । बिभिन्न पोजिसनमा खेल्दै उनी हामीलाई धेरै कुरा दिन सक्छन् । यदि तलबको कुरा अहिले नै मिलाउन सकिन्छ भने त्यो राम्रो कुरा हो । यदि डेम्बेलेलाई नयाँ सम्झौता दिदै उनको तलब घटाउन सकिने हो भने टोरेस दर्ता भइहाल्ने छन्,” जाभीले भने ।

कोरोना भाइरसको महामरीकाबीच इंगल्याण्डमा सेटल हुन संघर्ष गर्दै आइरहेका टोरेसले सिटीका लागि ४३ खेलमाा १६ गोल गरेका थिए । बिदेशमा टिक्न गाह्रो भइरहदा उनले स्पेन फर्कने निर्णय गरेका थिए । भ्यालेन्सियामा तीन सिजन बिताउदा टोरेसले ला लिगामा ७१ खेल खेलिसकेका थिए ।

Click to comment

Trending