Headline

हसन र सान्तोको अर्धशतकमा दोश्रो दिन बंगलादेशको पकडमा 

Published

on

ओपनर महमुदुल हसन जोय र नजमुल शान्तोले अर्धशतकीय पारी खेले पछि बंगलादेशले घरेलु टोली न्युजिल्यान्ड विरुद्धको पहिलो टेस्टको दोश्रो दिन आफ्नो पकड बलियो बनाएको छ ।

न्युजिल्यान्डलाई ३२८ रनमा रोकेको बंगलादेशले दोश्रो दिनको खेलको समाप्ति सम्ममा ६७ ओभर खेल्दै दुई विकेटको नोक्सानीमा १७५ रन बनाएको छ र पहिलो पारीको आधारमा १५३ रनले पछि रहेको छ ।

दोश्रो दिनको खेल सकिँदा बंगलादेशको तर्फबाट सर्वाधिक रन बनाएका ओपनर महमुदुल हसन जोय २११ बल खेल्दै सात चौकाको मद्दतमा ७० रनमा अविजित छन् भने नजमुल शान्तो १०९ बल खेल्दै ६४ रनमा आउट भए । 

बंगलादेशको लागि महमुदुलले अर्का ओपनर शादमन इस्लामसँग मिलेर पहिलो विकेटका लागि ४३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । ५५ खेल्दै २२ रन बनाएर इस्लाम पेभेलियन फर्किए । त्यस पछि ब्याटिङमा आएका  शान्तोसँग मिलेर महमुदुलले दोश्रो विकेटका लागि १०४ रनको साझेदारी गर्दै बंगलादेशलाई राम्रो स्थिति सम्म पुर्याए । कप्तान मोमिनुल हक आठ रनमा अविजित छन् ।

न्युजिल्यान्डका निल वेंगरले सर्वाधिक दुई विकेट हात पारे ।

यस अघि दोश्रो दिनको खेल पाँच विकेटको नोक्सानीमा २५८ रनको अवस्थाबाट खेल सुरु गरेको न्युजिल्यान्डले ७० रन जोड्दा बाँकी सबै विकेट गुमायो । पहिलो दिन ३२ रनमा अविजित रहेका हेनरी निकोल्स ७५ रन बनाएर आउट भए भने अन्य ब्याटरले दोश्रो दिन उल्लेख्य योगदान दिन सकेनन् । पहिलो दिन डेवन कन्वे १२२ तथा विल योङले ५२ रन बनाएर आउट भएका थिए ।

न्युजिल्यान्डलाई रोक्ने क्रममा शोरिफुल इस्लाम र मेहदी हसनले समान ३-३ तथा मोनिमुल हकले दुई विकेट हात पारे ।     

 

Click to comment

Trending