Headline

कप्तान तथा उप–कप्तान परिवर्तनको बिरोधमा १२ खेलाडी बन्द प्रशिक्षणमा नआउने

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले बिहिबार फेब्रुअरीमा ओमानमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोटका लागि ३० सदस्यीय टोलीको नाम सार्वजनिक गर्यो ।  शनिबार सबै काठमाडौँमा उपस्थित हुने र आइतबारबाट बन्द प्रशिक्षण सुरु गर्ने योजना पनि क्यानले सार्वजनिक गर्यो ।

तर बन्द प्रशिक्षण प्रभावित बनेको छ । कारबाहीमा परेका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरी सहित तिब्र गतिका बलरद्वय सोमपाल कामी र कमल सिंह ऐरी सहित १२ जनाले आफुहरु बन्द प्रशिक्षणमा सहभागि हुन नसक्ने भन्दै लिखित माग गरेको क्यान श्रोतले विस्पोर्ट्ज लाई जानकारी दिएको छ ।

उनीहरुले निवेदनमा खेलाडीको हक हितमा बोल्दा कप्तान र उपकप्तानलाई कारबाही गरेको र यसले आफुहरुको मनोबल गिर्नुको साथै क्रिकेट खेल्ने वातावरण समेत नभएको पत्रमा लेखेका छन् । त्यस्तै पत्रमा टिमलाई यथास्थितिमै फर्काइनु पर्ने (ज्ञानेन्द्र कप्तान र दिपेन्द्र उपकप्तान हुनु पर्ने) माग पनि गरिएको छ । 

खेलाडीहरुले यस अघि पनि यसै विषयमा क्यान र खेलकुद मन्त्रि सँग समेत छुट्टा छुट्टै बैठक बस्दै यस मागका बारेमा कुरा उठाएका थिए । त्यस बाहेक यसै विषयलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेर बहादुर देउवाले पनि चासो देखाएका थिए ।

बिहिबार मात्र नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफुले क्यान र खेलाडी दुबै टोलीसँग छलफल गरेको र क्यान खेलाडीको अन्य मागहरु मान्न तयार रहेको भए पनि कप्तान नियुक्तीमा आफ्नो अडान नफेर्ने रहेको जनाएका थिए । क्यानले ज्ञानेन्द्रलाई बर्खास्त गर्दै लेग स्पिनर सन्दिप लामिछानेलाई कप्तान नियुक्त गरेको थियो भने उपकप्तान दिपेन्द्रको स्थानमा कुनै पनि नाम सार्वजनिक गरेको छैन ।   

बन्द प्रशिक्षणमा उपस्थित नहुनेमा कुशल भुर्तेल, बिक्रम सोब, करण केसी, सुशन भारी, रोहित कुमार पौडेल, बिनोद भण्डारी, सन्दिप जोरा र नन्दन यादव रहेका छन् ।         

उनीहरुको अनुपस्थितिका कारण भोलिबाट सुरु हुने प्रशिक्षण पनि प्रभावित बनेको छ भने क्यान अझै पनि सबै कुरा मिलाएर सोमबारबाट प्रशिक्षण सुरु गर्ने योजनामा छ । 

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु : – सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषावाकर, करण केसी, सोमपाल कामी, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, बिक्रम सोब, भिम सार्की, रोहित कुमार पौडेल, प्रदिप ऐरी, गुलशन झा, नन्दन यादव, जितेन्द्र कुमार मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल, हरि शंकर साह


 

Click to comment

Trending