Headline

सिटीको आर्सनलमाथि सनसनीपूर्ण जित

Published

on

रोद्रीले अन्तिम समयमा गोल गरेपछि इंगलिस प्रिमियर लिगको रन अवे लिडर म्यानचेस्टर सिटीले आर्सनलमाथि २–१ को सनसनीपूर्ण जित हात पारेको छ ।

एभिरेट्स स्टेडियममा बराबरीतर्फ अग्रसर खेलमा रोद्रीले ९३ औं मिनेटमा गोल गर्दा आर्सनल घरेलु मैदानमा स्तब्ध बन्यो ।

जितसँगै सिटीले अंक तालिकामा दोहोरो अंकको अग्रता लिएको छ । बुकायो साकाको गोलबाट पहिलो हाफमा अग्रता लिएको आर्सनलले अन्तिम ३९ मिनेटमा १० खेलाडीमा सिमित रहेर खेलेको थियो । निरन्तरको दवाब थेग्न नसक्दा आर्सनलले अन्तिम समयमा गोल खान पुग्यो ।

सिटीको २१ खेलबाट ५३ अंक भएको छ भने एक खेल कम खेलेको चेल्सीको ४२ र दुई खेल कम खेलेको लिभरपुलको ४१ अंक छ । २० खेलबाट ३५ अंक बनाएको आर्सनल चेल्सी र लिभरपुलसँग दुरी कम गर्ने अभियानमा चुकेको छ ।

चेल्सी र लिभरपुल आइतबार स्ट्याफोर्ड ब्रिजमा भिड्दैछन् । सिटी लगातार ११ खेलमा अपराजित रहदै आएको छ ।

आर्सनललाई ३१ औं मिनेटमा टेरान किएर्नीको असिस्टमा साकाले गोल गर्दै अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा ग्रानित जाकाले बर्नार्डो सिल्भालाई लडाएपछि सिटीले पेनाल्टी पाएको थियो । रियाद माह्रेजले त्यसलाई सहजै गोलमा परिणत गरे ।

लगतै आर्सनलले गोल गर्ने सुनौलो अवसर खेर फाल्यो । सिटी गोलकिपर एडर्सन आफ्नो स्थानमा नभएको समयमा नथान एकेले गोललाइन क्लियरेन्स गर्दा रिबाउण्डमा आएको बललाई ग्याब्रिएल मार्टिनेलीले पोस्टमा हिर्काएका थिए ।

केही मिनेटमै ग्याब्रिएलले दोहोरो पहेलो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो ।

बेन ह्वाइटले गरेको शुरुवाती हेडर आएमेरिक लपोर्टको खुट्टामा आएपछि उनले गरेको प्रहारलाई रोद्रीले पोक गर्दै सिटीलाई सनसनीपूर्ण जित दिलाएका थिए ।

Click to comment

Trending