Headline

संकटा रेलिगेसन जोनमा रहेको च्यासलसँग रोक्कियो

Published

on

संकटा क्लब च्यासल युथ क्लबसँग बराबरीमा रोक्किएको छ । रेलिगसेन जोनमा रहेको च्यासलले शनिबार दशरथ रँगशालामा भएको दोश्रो खेलमा संकटालाई गोलरहित बराबरीमा रोकेको हो ।

बराबरीपछि दुवै टोली अंक तालिकामा आ–आफ्नो स्थानमा यथावत रहे । तेश्रो स्थानमा रहेको संकटाको १३ अंक भएको छ भने च्यासलको पाँच अंक छ । १३ औं स्थानमा रहेको च्यासल अंक समान रहेपनि ब्रिगेड बोइज क्लबसँग गोल अन्तरमा पछि परेको छ ।

शनिबार नै पोखरामा मनाङ मस्र्याङ्गदी क्लब ब्रिगेडलाई हराउदै १६ अंकका साथ शिर्ष स्थानमा उक्लिएको थियो । एक खेल कम खेलेको मच्छिन्द्र क्लबको १४ अंक छ ।

संकटा जारी लिगमा अपराजित रहेको मात्रै तेश्रो टोली हो । डिफेन्डिङ्ग च्याम्पियन मच्छिन्द्र र त्रिभुवन आर्मी फुटबल क्लबले पनि अहिलेसम्म एक खेल हारेका छैनन् । आर्मीले पाँच र संकटाले चार बराबरी खेलेका छन् ।

शनिबार च्यासल र संकटा दुवैले गोल गर्ने मौकाहरु सृजना गर्न सकेपनि अंक बाड्न बाध्य रहे ।

Click to comment

Trending