Headline

ए डिभिजन लिग: पाँच खेलपछि थ्रि स्टारको पहिलो जित

Published

on

पाँच खेलपछि पहिलो जित हात पार्दै थ्रि स्टार क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको पाचौं स्थानमा उक्लिएको छ ।

लिगको पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले पराजित गर्दै उत्कृष्ट शुरुवात गरेको थ्रि स्टार त्यसपछि भने जित बिहिन रहदै आएको थियो । शनिबार दशरथ रँगशालामा भएको पहिलो खेलमा थ्रि स्टारले जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्यो ।

चार बराबरी र एक हार व्यहोरेको थ्रि स्टार न्युरोड टिमसँगै ७ खेलपछि १० अंकमा रहेपनि गोल अन्तरको आधारमा पाँचौं स्थानमा रहेको हो । शुक्रबार बिभागीय डर्बीमा नेपाल एपिएफ क्लबसँग बराबरीमा रोक्किएको त्रिभुवन आर्मी क्लब ११ अंक सहित चौथो स्थानमा छ ।

जावलाखेल भने ७ अंक सहित नवौं स्थानमा कायमै रहेको छ ।

शनिबार थ्रि स्टारले खेलको सातौं मिनेटमा नै आयुष घलानको गोलमार्फत अग्रता लिएको थियो । २६ औं मिनेटमा रितिक कुमार खड्काले दोश्रो गोल गरे ।

५५ औं मिनेटमा लयमा रहेका जवालाखेलका बिदेशी खेलाडी निकोलस फर्नाण्डेसले गोल गर्दै जावलाखेललाई खेलमा फर्काए । जावलाखेलले बराबरीको लागि भरपुर प्रयास गरेपनि थ्रि स्टारले अग्रता जोगाई राख्न सफल भयो ।

Click to comment

Trending