Headline

दक्षिण अफ्रिका विरुद्ध ऐतिहासिक जित निकालेको भारत आईसीसीको कारबाहीमा 

Published

on

भारत अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कारबाहीमा परेको छ । दक्षिण अफ्रिका विरुद्धको पहिलो टेस्टमा स्लो ओभर रेटका लागि आईसीसीले भारतलाई कारबाही गरेको हो ।

कारबाही स्वरूप भारतको वर्ल्ड टेस्ट च्याम्पियनसिपको अंक तालिकाबाट एक अंक घट्ने छ भने सबै खेलाडीको म्याच फिबाट २० प्रतिशत पनि काटिने छ । आईसीसीको नियम अनुसार ढिला प्रत्येक ओभरका लागि एक अंक घट्ने छ । भारतको एक ओभर ढिला भएका कारण एक अंक घटेको हो ।

यस अघि भारतले घरेलु टोली इंग्ल्यान्ड विरुद्धको पहिलो टेस्टमा दुई ओभर ढिला भएका कारण दुई अंक गुमाउन पुगेको थियो ।  

कुनै पनि टोलीले अंक गुमाउँदा वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने समयमा धक्का लाग्न सक्दछ । यस अघि सन् २०१९-२१ मा आयोजना भएको पहिलो वर्ल्ड टेस्ट च्याम्पियनसिपमा अष्ट्रेलियाले भारतसँगको खेलमा चार अंक घट्दा फाइनल खेल्ने अवसर गुमाएको थियो । त्यसको प्रत्यक्ष फाइनल भारतलाई पुग्यो । अष्ट्रेलियाले अंक गुमाउनाले भारतले फाइनल खेल्ने अवसर पायो ।

भारतले दक्षिण अफ्रिका विरुद्धको तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । सेन्चुरियनमा भएको पहिलो टेस्टमा दक्षिण अफ्रिका माथि ११३ रनको ऐतिहासिक जित निकाल्दै भारत सेन्चुरियनमा जित हात पार्ने पहिलो दक्षिण एसियाली टोली बनेको थियो ।


 

Click to comment

Trending