Headline

कन्वेको शतकमा न्युजिल्यान्डको राम्रो सुरुवात 

Published

on

डेवन कन्वेले २०२२ को पहिलो दिनमा नै शतक प्रहार गर्दै घरेलु टोली न्युजिल्यान्डले बंगलादेश विरुद्धको पहिलो टेस्टको पहिलो दिन राम्रो सुरुवात गरेको छ । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले दिनको समाप्तिमा ८७ दशमलब तीन ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २५८ रन बनाएको छ ।

न्युजिल्यान्डको तर्फबाट कन्वेले सर्वाधिक १२२ रन बनाए । चौथो टेस्ट खेलेका कन्वेले आफ्नो खेल जीवनको दोश्रो शतक प्रहार गर्ने क्रममा २२७ बलको सामना गर्दै १६ चौका  र एक छक्का प्रहार गरे । कन्वे बाहेक न्युजिल्यान्डको तर्फबाट विल योङले ५२, रस टेलर ३१ तथा विकेट किपर ब्याटर टम ब्लनडल ११ रन  बनाएर आउट भए भने हेनरी निकोल्स ३२ रनमा अविजित छन् ।      

आफ्नो पारीको चौथो ओभरमा नै ओपनिङमा आएका कप्तान टम लाथम एक रनमा आउट भए पनि कन्वेले न्युजिल्यान्डको पारी सम्हाले । उनले दोश्रो विकेटका लागि अर्का ओपनर योङसँग मिलेर १३८ रनको साझेदारी गरे । त्यस्तै तेश्रो विकेटका लागि टेलरसँग ५० रनको साझेदारी गरे । 

बंगलादेशका शोरिफुल इस्लामले सर्वाधिक दुई तथा इबादत हुसैनमोनिमुल हकले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   

 

Click to comment

Trending