Headline

ब्रिसबेन विरुद्ध सन्दिपको सामान्य प्रदर्शन 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको ब्रिसबेन हिट विरुद्धको खेलमा सामान्य बलिङ प्रदर्शन गरेका छन् । 

यस अघिको खेलमा मेलबर्न रेनेगेड्स विरुद्ध ३२ रन खर्चिएर तीन विकेट हात पारेका सन्दिपले आजको खेलमा चार ओभरमा ३७ रन खर्चिए भने एक विकेट मात्र आफ्नो नाममा लेखाउन सके । पहिलो तीन ओभरमा मात्र १९ रन दिएका सन्दिपले अन्तिम ओभरमा एक विकेट निकाल्न सफल रहे पनि १८ रन खर्चिन पुगे ।

होबार्टको लागि सातौं ओभर लिएर आएका सन्दिपले आफ्नो पहिलो ओभरमा एक चौका सहित कुल ६ रन खर्चिए । दोश्रो ओभरमा सन्दिपले आठ रन दिए भने उनको तेश्रो ओभरमा ब्रिसबेनका ब्याटरहरुले पाँच सिंगलमा लिन सके ।

तर सन्दिप आफ्नो चौथो तथा अन्तिम ओभरमा भने निकै महँगो साबित हुन पुगे । उनको पहिलो दुई बलमा जेम्स बेजलीले क्रमश छक्का र चौका प्रहार गरे भने तेश्रो बलमा एक सिंगल लिए । पहिलो तीन बलमा ११ रन खर्चिएका सन्दिपले आफ्नो चौथो बलमा ज्याक विल्डरमथको विकेट निकल्स सफल रहे । तर उनको अन्तिम बलमा मार्क स्टेकेटीले छक्का प्रहार गर्दा सन्दिप निकै महँगो साबित हुन पुगे ।

सन्दिपले जारी बिग ब्यास लिगमा खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनले आठ खेल खेल्दा मात्र ६ विकेट हात पारेका छन् । तीन खेलमा समान १-१ विकेट हात पारेका सन्दिपले एक खेलमा तीन विकेट लिएका थिए भने बाँकी चार खेलमा विकेट बिहिन मात्र बनेनन् महँगो पनि साबित भए ।   

 

Click to comment

Trending