Headline

रोहितले दक्षिण अफ्रिकासँगको एकदिवसीय गुमाउने, राहुलले कप्तानी गर्ने 

Published

on

भारतीय टोलीका एकदिवसीय र ट्वान्टी ट्वान्टी कप्तान रोहित शर्माले दक्षिण अफ्रिका विरुद्धको तीन एकदिवसीय खेलको शृंखला गुमाउने भएका छन् । ह्यामस्ट्रिइङ चोटका कारण टेस्ट गुमाएका रोहित अझै ठिक हुन नसके पछि एकदिवसीय पनि गुमाउने भएका हुन् ।

यसै शृंखला अघि भारतीय क्रिकेट बोर्डले बिराट कोहलीलाई बर्खास्त गर्दै रोहितलाई कप्तान नियुक्त गरेको थियो । तर अब रोहितले पूर्ण कप्तानका रुपमा नियुक्त पाए पनि आफ्नो पहिलो शृंखला नै गुमाउने भएका छन् । रोहितको अनुपस्थितिमा उपकप्तान केएल राहुलले भारतको कप्तानी गर्नेछन् भने तिब्र गतिका बलर जस्प्रित बुम्रालाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

१८ सदस्यीय टोलीमा स्पिनर रविचन्द्रन अश्विनले स्थान बनाउन सफल भएका छन् ।  यस अघि युएईमा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकपमा टोलीमा पर्न सफल अश्विन पाँच वर्ष पछि एकदिवसीय टोलीमा समावेश भएका हुन् । 

त्यस्तै न्युजिल्यान्ड विरुद्ध घरेलु मैदानमा भएको ट्वान्टी ट्वान्टी शृंखलामा खेलेका अलराउण्डर भेन्कटेश ऐयरले पहिलो पटक एकदिवसीय टोलीमा पनि अटाएका छन् । चोटका कारण करिब आठ महिना मैदान बाहिर रहेका श्रेयस ऐयर र अर्का अलराउण्डर वाशिंगटन सुन्दर पनि दक्षिण अफ्रिका विरुद्धको एकदिवसीयका लागि टोलीमा परेका छन् ।        

भारत र दक्षिण अफ्रिका बीचको तीन खेलको शृंखला जनवरी १९, २१ र २३ तारिकखमा आयोजना हुनेछ । 

भारतीय टोली – केएल राहुल (कप्तान), जस्प्रित बुम्रा (उपकप्तान), शिखर धवन, रुतुराज गायकवाड, विराट कोहली, सुर्य कुमार यादव, श्रेयस ऐयर, भेन्कटेश ऐयर, ऋषभ पन्त, इशान किशान, रविचन्द्रन अश्विन, वाशिंगटन सुन्दर, भुवनेश्वर कुमार, दिपक चाहर, शार्दुल ठाकुर, प्रसिध कृष्णा, मोहम्मद सिराज, युज्बेन्द्र चाहल    

Click to comment

Trending